मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

अबको स्टार को ? बर्षा कि साम्राज्ञी ?

मनिष अन्जान, काठमाण्डौ, 2017/04/26
हलीउड र बलीउडमा मात्र होइन नेपाली फिल्म उद्योगमा पनि 'स्टार को ?' भन्ने बहस राम्रै चल्छ । महानायकको ट्याग राजेश हमालले पाउँदा नायक भुवन केसीलाई चित्त नबुझेको खबर यसअघि नै धेरै पटक तपाईहरुले सुन्दै आइरहनु भएको छ । यस्तैमा नेपाली नायिकाहरुमा पनि 'स्टार को ?' भन्ने लडाई राम्रै देखिन्छ । 
 
केही बर्षदेखी नायिका रेखा थापाले पिट्दै आएको बजार अहिले नयाँ अनुहारहरुले रन्काउन थालेका छन् । झण्डै १० बर्षसम्म त रेखाको क्रेजको अगाडी नेपाली नायकहरु समेत फिक्का देखिए । तर, अहिले रेखालाई विर्साउने धेरै नयाँ नायिकाहरु जन्मिसकेका छन् । अहिले रेखाको विकल्पमा नायिका प्रियंका कार्कीलाई लिइन्छ । नेपाली बजारमा नायिका रेखा थापापछि यदी कुनै नायिकाको क्रेज लोभलाग्दो छ भने नायिका प्रियंका कार्की नै हुन् । लगातार हिट फिल्म आफ्नो नाममा दर्ता गराउनुले पनि अहिले प्रियंकाको माग र चर्चा ह्वात्तै बढेको छ । 
 
अब, नेपाली फिल्म उद्योगमा नायिका प्रियंका कार्कीपछि 'स्टार नायिका को ?' बन्ने बहस समेत सुरु भैसकेको छ । प्रियंकापछि अहिले सबैको नजर दुई नायिकामा छ, साम्राज्ञीराज्य लक्ष्मी शाह र बर्षा राउत । पहिलो डेब्यू फिल्मबाटै विकाऊ नायिकाको रुपमा आफुलाई स्थापित गराएकी साम्राज्ञी र डेब्यू फिल्मदेखी गएको बर्ष रिलिज भएको 'छक्का पन्जा' र 'जात्रा' बाट हिट नायिकाको रुपमा आफुलाई उभ्याएकी बर्षालाई अबको स्टार भन्न थालिएको छ । 
 
 
'नाई नभन्नू ल ४' बर्षाको डेब्यू फिल्म थियो भने त्यसपछि उनले 'छक्का पन्जा' फेरी र 'जात्रा' मा काम गरिन् । यी तीनै फिल्म बम्पर हिट भए । जात्रापछि उनले 'मेरो पैसा खोई' फिल्मका लागि महँगो पारिश्रमिक लिएको खबरले नै यसलाई पृष्टि गर्छ कि बर्षा स्टार भैसकेकी छिन् । 
 
त्यस्तै, नायिका साम्राज्ञीको पहिलो डेब्यू फिल्म थियो 'ड्रिम्स' । अनमोल केसीको अपोजिटमा देखिएकी साम्राज्ञीलाई पहिलो फिल्मले नै स्टार बनायो । उनको गएको बर्ष कुनै पनि फिल्म रिलिज भएनन् तर यसबर्ष भने उनी अभिनित तीन फिल्म हलमा लाग्ने लगभग फाइनल छ । यस बर्ष साम्राज्ञीको 'ए मेरो हजुर २', 'तिमीसँग' र 'मंगलम' रिलिज हुँदैछन् । बर्षाले ह्याट्रिक मारिसकेको अवस्थामा अब साम्राज्ञीका यी तीन फिल्म कस्तो चल्ने हुन् त्यसैमा निर्भर रहन्छ कि साम्राज्ञी स्टार बनिन् वा बनिनन् । सबै कुरा ठिक भयो भने अबको केही बर्षमा बर्षा र साम्राज्ञीले आफुलाई स्टार नायिका दावी गर्ने दिन नआउला भन्न सकिन्न् ।