मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१७ बर्षपछि टाढिए श्रीमतीबाट फरहान

एजेन्सी, मुम्बई, 2017/04/26
फरहान अख्तर र अधुना भवानी औपचारिक रुपमा १७ बर्षपछि अलग भएका छन् । सोमवार फरहान र अधुनाको पक्षमा बान्द्राको फ्यामिली कोर्टले डाईभर्सको मन्जुरी दिएको छ । फरहान र अधुनाले कोर्टमा आपसी समझदारीमा गएको बर्ष अक्टूबरमा डिभोर्सको फाइल दर्ता गरेका थिए । त्यसपछि अहिले आएर अफिसियली रुपमा दुईलाई डिभोर्स मिलेको हो ।  
 
बताइदिउँ, यी दुईले २००० मा विवाह गरेका थिए । डिभोर्सपछि दुई छोरी शाक्या (१४ बर्ष) र अकीरा (६ साल) अधुनाको साथमा रहनेछन् । तर, फरहानले जहिले चाहेपनि आफ्ना छोरीहरुलाई भेट्न पाउनेछन् । डिभोर्सका लागि फरहानले अधुनालाई मोटो रकम दिएका छन्, तर यसको बारेमा आधिकारीक जानकारी भने प्राप्त भएको छैन् । डिभोर्स फाइल दर्ता गरेसँगै फरहान र अधुना अलग रहँदै आएका थिए । 
 
यी दुईले गएको बर्षको डिसेम्बरमा आफ्नो अफिसियल स्टेटमेन्टमा लेखेका थिए, 'म (फरहान) र अधुना आपसी समझदारीमा अलग हुँदैछौं । हाम्रो बच्चा हाम्रो प्रायोरिटी रहनेछन् । उनीहरुको रेख-देख हामी गर्नेछौं ।'