Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जब आमिर १६ बर्षपछि अवार्ड थाप्न स्टेज चढे...

एजेन्सी, मुम्बई, 2017/04/25
बलीउडस्टार आमिर खानलाई ७५ औं मास्टर दीनानाथ मंगेशकर पुरस्कारबाट सम्मानित गरिएको छ । प्राय कुनै पनि अवार्ड कार्यक्रमहरुमा नदेखिने आमिरलाई करिब १६ बर्षपछि कुनै यस्तो समारोहमा भेटिएको हो । भारतरत्न लता मंगेशकरको परिवारद्धारा प्रदान गरिँदै आएको दीनानाथ मंगेशकर पुरस्कारका लागि यस बर्ष आमिर खानलाई उनको फिल्म फिल्म 'दंगल' बाट चुनिएको हो । 
 
आमिर खानलाई उक्त अवार्ड संघका प्रमुख मोहन भागवतले प्रदान गरेका थिए । यसभन्दा पहिला आमिर आफ्नो फि‍ल्म 'लगान' का लागि एकेडमी अवार्ड (अस्कार) कार्यक्रममा पुगेका थिए । 
 
बलीउड अभिनेता आमिर खानका अलवा क्रिकेटर कपिल देव र अपने जमानेकी चर्चित अभिनेत्री वैजयंती मालालाई पनि ७५ औं मास्टर दीनानाथ मंगेशकर पुरस्कारबाट सम्मानित गरियो ।  
 
Most Visited News (monthly)