मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३ करोड झुटो, १ करोड ३१ लाखमा नेपाल ल्याइएको हो 'बाहुबली २'

फिल्मीखबर, काठमाण्डौ, 2017/04/25
यस बर्षको बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म 'बाहुबली-२ : द कन्क्लूजन' यसै हप्ता रिलिज हुँदैछ । केही दिन अगाडी एउटा खबर बाहिरिएको थियो कि 'बाहुबली २' को नेपाल राइट्स ३ करोडमा विक्री भयो । वितरक सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले यो फिल्म ३ करोडमा नेपाल ल्याएको खबरले नेपाली मिडिया पनि खुबै ताते । तर, हालैमा 'फिल्मखबर डटकम' लाई प्राप्त जानकारी अनुसार श्रीराम बालाजी पिक्चर्सबाट गोपीकृष्ण मुभिजले आफ्नो हातमा पारेको छ 'बाहुबली २' । 
 
यति मात्र होइन बजारमा आएको ३ करोडमा 'बाहुबली २' नेपाल भित्राइएको हल्ला समेत झुटो रहेको स्रोत बताउँछ । श्रीराम बालाजी पिक्चर्सले 'बाहुबली २' लाई १ करोड ७० लाख दिन तयार भएको थियो तर गोपीकृष्ण मुभिजले सोही फिल्म १ करोड ३१ लाखमा नेपाल राइट्स खरिद गरेको छ । कसरी गोपीकृष्ण मुभिजले श्रीराम बालाजी पिक्चर्सभन्दा कम मूल्यमा 'बाहुबली २' नेपाल भित्रायो ? यो त उनीहरुलाई नै थाहा होला । 
 
बताइदिउँ, एसएस राजामौली निर्देशित फिल्म 'बाहुबली' को पहिलो भाग भने सुनिल मानन्धरको सक्रियतामा दर्शना आर्ट्सले साढे सात लाखमा नेपाल ल्याएको थियो । तर, मिडियामा भने सुनील मानन्धरले १.५ करोडमा नेपाल ल्याएको बताएका थिए । २०१७, २८ अप्रिलमा रिलिज हुन लागेको 'बाहुबली-२ : द कन्क्लूजन' मा प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी लागयतका कलाकारहरु लिड रोलमा छ । यस्तै, 'बाहुबली २' ले करिब २ बर्षदेखी दर्शकहरुको जिज्ञासाको उत्तर पनि दिँदैछ, 'आखिर किन मारे त कटप्पाले बाहुबलीलाई ?'