मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

किन भो फिल्मको नाम 'हिटलर' राख्दा समस्या ?

फिल्मीखबर, काठमाण्डौ, 2017/04/25
जेठ १२ गतेलाई रिलिज डेट लक गरिएको फिल्म हो ‘हिटलर’ । केही हप्ता अगाडी सार्वजनिक एक रोमान्टिक गीतबाटै प्रतिक्षित बनिरहेको ‘हिटलर’ निर्माण अगावैदेखी चर्चामा थियो । विश्वका क्रूर शासकको रुपमा चिनिने एडल्फ हिटलरको नामसँग मिल्ने भएका कारण पनि फिल्म ‘हिटलर’ को चर्चा खुबै छ यतिबेला सिनेवृतमा । 
 
अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा सोहित मानन्धर र सामिया बर्तौला लिड रोलमा छन् । फिल्मको विषयमा बोल्दै निर्देशक सौरभ ढकाल भन्छन्–‘फिल्मको शिर्षक किन ‘हिटलर’ राखियो भन्ने बारेमा दर्शकले हलमै गएर चलचित्र हेरेपछि थाहा पाउनुहुनेछ । तर, फिल्मको नामको कनेक्शन कथामा छ ।’ यो, फिल्मको नाम ‘हिटलर’ राख्दा यसको निर्माणपक्षले फेसबुक र युटुबबाट भने समस्या भोगिरहेको छ ।
 
 
अंग्रेजीमा ‘हिटलर’ नाम राखेर फेसबुकमा लाइक पेज बनाउन यसको निर्माणपक्षले सकेन । निर्देशक ढकालले भने–‘हामीलाई फेसबुकले हिटलर नाम राखेर लाइक पेज बनाउन दिएन ।’ उनका अनुसार, युटुबमा पनि अहिले समस्या आइरहेको छ । उनले भने–‘युटुबले भिडियो त हटाएको छैन । तर, गीतको भ्यू कहिले घट्ने, कहिले काउन्ट नै नहुने भैरहेको छ । हामीले युटुबमा कप्लेन गरेपछि प्राविधिक गढबढी भएको सन्देश आयो । तर, अहिले युटुबले प्रचारमा समस्या दिने अवस्था देखिएको छ ।’
 
जर्मनका पूर्व शासक ‘हिटलर’को नामसँग फिल्मको नाम मिलेका कारणले फेसबुक र युटुबले समस्या दिएको हुनसक्ने यसको निर्माणपक्षको वुझाई छ ।