मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्टिङ छोडेर काजल लागिन् बिस्कुट बनाउन

एजेन्सी, मुम्बई, 2017/04/25
बलीउड तथा तेलुगु फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवाल एक होटलमा बिस्कुट बनाउँदै गरेको अवस्थामा भेटिएकी छिन् । थ्रिलर फिल्म ‘विजय ६१’ को सुटिङमा व्यस्त रहेकी अभिनेत्री काजल अहिले साउथ स्टार विजयको ६१ औं फिल्ममा काम गर्दैछिन् । फिल्मको सुटिङ पश्चात मिलेको फ्रि समयमा उनले चकलेट र कुकीज बनाएको तश्वीर सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ । 
 
काजल अग्रवाल पछिल्ला दिनहरुमा बलीउडमा देखिएकी छैनन् । पछिल्लो पटक उनलाई सन् २०१६ मा आएको फिल्म 'दो लफ्जोकी कहानी' मा देखिएको थियो । सन् २०१३ मा आएको फिल्म 'स्पेशल २६' र सन् २०११ मा आएको फिल्म 'सिघंम' जस्ता सफल बलीउड फिल्म दिदाँ दिदै पनि उनको बलीउडमा भने करिअर माथि लागेको छैन् ।