मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

'नाका' सम्हाल्दै भष्मे डन

फिल्मीखबर, काठमाण्डौ, 2017/04/25
बर्ष २०७२ मा रिलिज भएको फिल्म 'पशुपति प्रसाद' मा भष्मे डनको भूमिका निर्वाहा गरेपछि रातारात हिट बनेका नायक विपिन कार्कीले अब 'नाका' सम्हाल्ने भएका छन् । फिल्म 'नाका' ले नेपाल–चीन सीमानाको तातोपानी नाकामा हुने तस्करीको कथा बोल्नेछ । यो फिल्ममा पनि विपिन कार्की गुन्डा नाईकेको भूमिकामा देखिनेछन् । 
 
बैशाख १४ गतेबाट सुट सुरु हुन लागेको फिल्मलाई अमित श्रेष्ठले निर्देशन गर्दैछन् । मिडिया आर्ट र हाइलाइट्स नेपालले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्ममा विपिनसहित रोविन तामाङ, सजन थापा मगर, केशव राई लगायतका कलाकारहरुको लिड रोल रहनेछ । 
 
निर्माण कम्पनीले फिल्मको सुट सुरु हुनु अगावै पोष्टर समेत सार्वजनिक गरेको छ । पोष्टरमा फिल्मका लिड नायक विपिन कार्की खासा  नजिक एक बाईकमा बन्दुक तेर्साएर बसेका छन् ।