मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

अनमोलको 'कृ' फ्लोरमा, हिरोईन मुम्बईमा किन ?

फिल्मीखबर, काठमाण्डौ, 2017/04/25
लामो समयको रस्साकस्सीपछि अन्ततः हिजो सोमबारबाट अनमोल केसीको लिड रोल रहने फिल्म 'कृ' को छायांकन आरम्भ भएको छ । २० औं पटक स्क्रिप्ट पुर्नलेखन गरेपछि फ्लोरमा गएको 'कृ' अनमोलले २० लाख पारिश्रमिक लिएको खबर देखी नै चर्चामा थियो । यो फिल्मको सोमबार ललितपुरको सानेपामा रहेको इम्पेरियल अपार्टमेन्टबाट छायांकन सुरु भएको हो । 
 
फिल्मको फस्र्टसट् नायक अनमोलले दिएका छन् । प्राप्त जानकारी अनुसार, केही दिनसम्म अनमोलकै सिन खिचिनेछ । 'कृ' मा नव-नायिका आदिती बुढाथोकीसँग अनमोलले रोमान्स गर्दैछन् तर अहिले आदिती भने मुम्बईमा छिन् । केही दिन अगाडी नेपाल आएर वर्कसप सकाएकी आदिती आफ्नो सट् दिनका लागि केही दिन भित्रै काठमाडौं ओर्लिने फिल्मका निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । 
 
फिल्मको सुट अवधिभर अनमोलको सुरक्षाका लागि निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मसले दुई बडिगार्डको समेत व्यवस्था गरेको छ । खबरलाई आधार मान्ने हो भने फिल्ममा अनमोल र आदितीसँग नायक अनुप विक्रम शाहीको पनि लिड रोल रहनेछ । भदौ ८ गतेलाई रिलिज डेट समेत लक भैसकेको 'कृ' लाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।  
 
 
फिल्मको विषयमा जानकारी दिँदै निर्माता सुवास गिरीले करिब १५ देखी २० दिनसम्म अनमोलमाथी नै क्यामेरा चल्ने जानकारी दिए । उनले भने, 'नायिका आदितीको अहिले सेड्यूल छैन्, उहाँले वर्कसप सकाएर मुम्बई जानुभएको हो । उहाँ आफ्नो सेड्यूल सुरु भएपछि नेपाल आउनुहुन्छ ।' उनले छायांकन स्थलमै फिल्मको अनलाइन इडिटिङ कार्य धमाधम भैरहेको पनि जानकारी दिए । 
 
'फिल्मको सुट चाँडो सुरु नहुँदा भदौ ८ गते रिलिज हुने संभावना टर्दै गएको खबर छ नी ?' भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै निर्माता गिरीले भने, 'फिल्मका छायांकार पुरुषोत्तम प्रधान अर्को फिल्ममा व्यस्त हुनुभएका कारण सुट चाँडो सुरु हुन पाएको थिएन । तर फिल्म 'कृ' भदौ ८ गते नै रिलिज हुन्छ । यस पटक हामीले फिल्मका लागि प्रयोग गरिने क्यामेराको सेट पूरै मुम्बईबाट ल्याएका कारण पनि सुटिङ सुरु हुन ढिलाई भएको थियो ।' फिल्मको सुटिङ काठमाडौंसहित उपत्यका बाहिर पनि गरिनेछ भने कतार पनि धेरै दृश्य खिचिने निर्माता गिरीले बताए ।