बलीउड अभिनेता अजय देवगन र अभिनेत्री रविना टण्डनको अफयेर १९९४ मा आएको सुपरहिट फिल्म 'दिलवाले' पछि सुरु भएको थियो । अजय त्यसताका रविनालाई डेटिङ गरिरहेका थिए । तर, अचानक उनको जीवनमा करिश्मा कपूर आइन् । यसपश्चात अजय रविनाबाट टाढा हुँदै गए ।
अजयको जीवनमा करिश्माको इन्ट्री भएपछि उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो । त्यसपछि उनीहरु एकअर्कालाई अरोप प्रत्यारोप गर्न लागे । यही दौरान रविना ठुलो मानसिक तनाबबाट गुज्रिइन् । रविनाले एक अन्तर्वार्तामा अजयदेखि टाढा भएपछि आफुले आत्महत्याको प्रयास गरेको बताएकी थिइन् ।