मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वास्तविक कथामा बनेको 'तुईन' ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/04/24
धादिङ तथा गोरखा जिल्लाका वासिन्दाले अहिलेको समयमा पनि नदी वारपार गर्न तुईन प्रयोग गर्नुपर्दाको यथार्थ पीडालाई पर्दामा उतारिएको फिल्म 'तुईन' को ट्रेलर रिलिज भएको छ । सोमबार सार्वजनिक ट्रेलरमा जोखिमपूर्ण तरिकाले तुईनमा खोला वारपार पर्दाको पीडाभावलाई देखाइएको छ । 
 
त्रिशुली नदि आसपास बसोबास गर्नेहरुको पिडालाई पर्दामा उतारिएको यो फिल्मले केहि बर्ष पहिले स्कुल पढ्न जाँदा तुईन चुडिएर धेरै वालवालिकाले ज्यान गुमाउँदा एक्लै बाँच्न सफल किशोर सुरज थापाको वास्तविक कथा बोल्छ ।
 
उत्सव थपलिया निर्देशित फिल्म ‘तुईन’मा सुरज थापासँगै पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया पनि लिड अभिनयमा छन् ।
 
आङछेन लामाले खिचेको फिल्ममा संगीत सुरेश अधिकारीको छ । फिल्मको परिकल्पना अञ्जना वस्नेतको हो । रिलिज मिति तय भईनसकेको फिल्मलाई जेठको अन्त्यमा रिलिज गर्ने मनस्थितीमा निर्माण टिम छ । फिल्मलाई अमेरिकामा बस्दै आएकी एनआरएन सृजना उप्रेतीले निर्माण गरेकी हुन् ।