मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गर्लफ्रेन्डसँग भयो सलमानको झगडा, यो हो कारण !

एजेन्सी, मुम्बई, 2017/04/24
सलमान खान र यूलिया वन्तूर प्रेम सम्बन्धमा रहेको कुरा सबैलाई थाहा छ । यतिसम्मकी उनीहरुको विवाहको खबर समेत बाहिर आइसकेको छ । केही बर्षदेखी एकअर्कालाई डेट गरिरहेका सलमान र यूलियाको सम्बन्ध अहिले भने खासै राम्रो नभएको भारतीय मिडियाहरुले बताएका छन् । 
 
हालैमा सलमान खानको यूलियासँग झगडा भएको खबर बाहिर आएको छ । झगडाको कारण सलमानको 'ब्याङग टूर' बताइएको छ । रिपोर्टका अनुसार, यूलिया 'द दबंग टूर' मा गीत गाउन चाहन्थिन् । तर, सलमानले यस्तो गर्न दिएनन् । यसैलाई लिएर यी दुईको बीच ठूलै बहस भएको थियो र टूर सुरु हुनुभन्दा केही दिन पहिला नै यूलिया सलमानसँग बोल्न समेत छाडेकी छिन् । अहिले यूलिया सलमानदेखी निकै अपसेट छिन् । 
 
टूरमा सलमानसँग उनकी आमा सुशीला चरक (सलमा), बहिनी अर्पिता खान र ज्वाई आयुष शर्मा छन् । उनीहरुका अलवा बिपाशा बसु, डेजी शाह र मनीष पोलसहित दर्जनौं कलाकारहरु पनि सलमानको साथमा छन् ।