मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'जोनी जेन्टलम्यान' गीतमा पलको एक्सन अवतार (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/04/24
जेष्ठ १९ गतेलाई रिलिज डेट लक गरिएको पल शाह स्टारर मूभी 'जोनी जेन्टलम्यान' को दोस्रो गीत रिलिज भएको छ । 'क्याटवाक' बोलको गीतमा नायक पल र निलम चन्द फिचरिङ छन् । पलको गीतमा रोमान्टिक र एक्सन अन्दाज देख्न सकिन्छ भने निलमको बोल्ड लुक्स हेर्न पाइन्छ । स्वचित शाक्यको गीतमा शब्द, संगीत र स्वर रहेको छ । भिडियोमा केशव थापा र सरिता राजचलको कोरियोग्राफी छ । 
 
नितिन चन्दको निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा जोनीको भूमिकामा रहेका पललाई निर्देशक नितिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् ।