मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

जता नम्रता उतै प्रेमी दावा !

मनिष अन्जान, काठमाण्डौ, 2017/04/24
प्रेम सम्बन्ध र ब्रेकअप सेलिब्रेटीहरुका लागि अनौठो होइन । हलीउड, बलीउड हुँदै नेपाली फिल्म उद्योगमा पनि यस्ता खबरहरु आम मानिसहरुका लागि पनि सामान्य बन्दै गएका छन् । सकभर सेलिब्रेटीहरु प्रेमसम्बन्ध लुकाउन चाहन्छन् किनकी यस्ता खबर बाहिरिँदा 'फ्यान फलोइंग' घट्ने संभावना बढी हुन्छ । तर, यो मामिलामा नायिका नम्रता श्रेष्ठ भने उदार छिन् । उनी अन्य सेलिब्रेटी जस्तो प्रेम सम्बन्धमा हुँदा पनि 'छैन-छैन' भन्दै टार्दिनन् । अहिले नम्रता प्रेमी दावा शेर्पासँगको प्रेममा छिन् । सायद यो सुन्दा तपाईहरुलाई आश्चर्य नलाग्ला किनकी यसअघि नै नम्रता र दावाको प्रेमसम्बन्धको विषयमा धेरै खबरहरु बाहिर आइसकेका छन् । 
 
प्राय: व्वाईफ्रेन्ड दावासँगै सार्वजनिक कार्यक्रमहरुमा पुग्ने गर्छिन् नम्रता । दावाकै रातो कारमा हिँडडुल गर्ने नम्रता मिडियाकै अगाडी आफ्नो प्रेम देखाउन असहज मान्दिनन् । मिडियाले दावासँग एकसाथ फोटो खिच्न खोजिहालेपनि नम्रता 'नाई' भन्दिनन्, नत दावा नै हिचकिचाउँछन् । दावा र नम्रताले एकसाथ धेरै पटक मिडियाका अगाडी फोटो खिचाइसकेका छन् । दावा र नम्रता अर्को बर्ष विवाह गर्ने तयारीमा रहेको पनि खबर छ तर यस विषयमा अहिलेसम्म उनीहरुले कुनै पनि औपचारिक जानकारी दिएका छैनन् नत अहिलेसम्म उनीहरुले खुलेर नै प्रेम सम्बन्ध स्वीकार गरेका छन् । 
 
फिल्म हेर्न हलमा जाँदा होस्, फिल्म सुट हुँदा होस्, पार्टीमा पुग्दा होस् वा पारिवारिक भेटघाटमै किन नहोस् नम्रतालाई दावाको साथ छुट्दैन् । अचम्म त यो छ कि नम्रतालाई आफ्नै गाडीमा जहाँ पनि पुराउन भ्याएका हुन्छन् दावा । यसबाट स्पष्ट के हुन्छ भने दावा र नम्रताको प्रेम अहिले सुन्दर फूलवारीमा गमक्क फूलिरहेको छ । उनीहरुको प्रेम सम्बन्ध देख्दा अहिले अन्य सेलिब्रेटीहरु समेत डाहा गर्ने गर्छन । त्यसैले त बजारमा यो पनि हल्ला राम्रै चलिरहेको छ कि, 'नम्रता र दावाको प्रेम कति दिनसम्म पो फूल्ने हो ?' अब यो त समयले देलाउँला । 
 
 
हिजो आइतबार 'पर्व' को ट्रेलर रिलिज कार्यक्रम थियो दरवारमार्गको क्युज सिनेमा हलमा । कार्यक्रममा फिल्मकी लिड हिरोईन नम्रता पनि उपस्थित भएकी थिइन् । उनको साथमा प्रेमी दावा छुट्ने त कुरै भएन् । ट्रेलर रिलिज कार्यक्रमभन्दा अगाडी नम्रताले केहीबेर मिडियाको अगाडी तश्वीर खिचाइन् र प्रेमी दावाको हात समात्दै हल छिरिन् । हल भित्र पनि नम्रता र दावा सँग-सँगै बसे । यी तश्वीरहरु हामीले प्रकाशन पनि गरेका छौं ।
 
ट्रेलर रिलिज कार्यक्रम भरी दावा नम्रताकै वरीपरि रहे, उनलाई नै हेरिरहे र उनको फोटो आफ्नो मोवाइलमा कैद गरिरहे । 'फिल्मीखबर डटकम' का फोटोपत्रकार विवेक बस्यालले आफ्नो क्यामेरामा कैद गरेका तश्वीरहरुबाट पनि तपाईहरुले धेरै अनुमान लगाउन सक्नु हुन्छ कि 'पर्व' को ट्रेलर रिलिज कार्यक्रममा दावा र नम्रता कति नजिक बनेका थिए ।