मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

करिश्मादेखी रानीसम्म, जोसँग बिहे गर्न चाहन्थे अभिषेक

एजेन्सी, मुम्बई, 2017/04/24
बलीउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चनको विवाह भएको १० वर्ष पूरा भैसकेको छ । तर, त्यसभन्दा अघि अभिषेक केही बलीउड अभिनेत्रीहरुसँग नजिकिएका थिए । अभिषेकको पहिलो प्रेमिका करिश्मा कपुर हुन् । दुवै जना लामो समयसम्म प्रेम सम्बन्धमा रहेका थिए । विवाहको लागि दुवैको इन्गेजमेन्ट समेत भइसकेको थियो । तर, विभिन्न कारणवश यी दुईको विवाह हुन सकेन । नायिका करिश्मा कपुरसँग विवाह नभएपछि अभिषेकको जीवनमा मोडल दिपानिता शर्मा भित्रिइन् । 
 
विभिन्न बलीउड फिल्ममा अभिनय समेत गरिसकेकी दिपानिता र अभिषेक केहि बर्षसम्म प्रेम सम्बन्धमा रहे । दिपानितासँगग लामो समय विताउँदा विताउँदै उनी ऐश्वर्याप्रति आकर्षित भएका थिए । सोही कारण नै अभिषेकको दिपानितासँग ब्रेकअप भयो । त्यसपछि उनी नायिका रानी मुखर्जीसँग नजिकिन थाले । दुबैैको प्रेम सम्बन्ध लामो समयसम्म चल्यो । दुबैले एक अर्कासँग विवाह गर्ने निर्णयका साथ इन्गेजमेन्ट पनि गरिसकेका थिए । तर, अभिषेकको विवाह फेरी पनि हुन सकेन । 
 
अभिनेत्री रानी मुखर्जीसंग अलग भएपछि फिल्म 'गुरु' मा मुख्य भूमिका निभाएका अभिषेक र ऐश्वर्याले एक अर्कासँग डेट गर्न सुरु गरे । फिल्म सफल भएको उपलक्ष्यमा अभिषेकले उनलाई विवाहको प्रस्ताव राखे र अन्ततः अप्रिल २०, २००७ मा उनीहरुले विवाह पनि गरे ।