मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.00/5.00)
Text size:-
+
-

रेखा थापा उपमेयरमा नलड्ने, भन्छिन्, 'लड्नै परे मेयरमै लड्छु'

मनिष अन्जान, काठमाण्डौ, 2017/04/24
अहिले नायिका रेखा थापा राजनीतितर्फ बढी सक्रिय छिन् । गएको बर्ष नेकपा माओवादी छोड्दै राप्रपा प्रवेश गरेपछि उनको राजनीतिक दौड सुरु भएको हो । पार्टी प्रवेश गरेको महिना दिनपछि उनले राप्रपा नेपालको केन्द्रीय अधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिइन् र भारी मतका साथ विजयी पनि भईन् । 
 
नेपाली चलचित्र क्षेत्रको चर्चित अनुहार भएका कारण रेखाले अहिले राप्रपा भित्र आफ्नो बलियो पकड बनाउँदै गएकी छिन् । यसैबीच बैशाख ३१ गतेलाई सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचनका लागि राप्रपा काठमाडौं कार्यसमितिले रेखालाई काठमाडौंको उपमेयरमा सिफारिस गरेको थियो । तर, रेखाले काठमाडौंबाट उपमेयरमा लड्ने वा नलड्ने भन्ने कुनै आधिकारीक जानकारी दिएकी थिइनन् । 
 
राप्रपा नेपालको विभिन्न जिल्लामा भएको आमसभा सम्पन्न गरेर काठमाडौं आईपुगेकी रेखाले एक अन्तर्वार्ताको क्रममा आफु उपमेयरमा नलड्ने बताएकी छिन् । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै रेखाले भनिन्, 'म उपमेयरमा लड्ने खबर झुटो हो, मात्र राप्रपा नेपाल काठमाडौं कार्यसमितिले मेरो नाम उपमेयरका लागि सिफारिस गरेको हो । स्वभाविक नै हो नी, एउटा चर्चित मान्छेलाई उपमेयरमा उठँ भन्नु तर मैले आधिकारीक रुपमा उपमेयरमा उठ्छु भनेको थिइन् । यदी केन्द्रीय कमिटिले लड्नै पर्छ भन्यो भने उपमेयरमा किन म मेयरमै लड्छु । तर मैले मेयर र उपमेयरका लागि कहिले इच्छा नै राखेकी थिइन् ।' 
 
 
उनले अहिले आफु पार्टीबाट उठेका सदस्यहरुलाई सघाउने तयारीमा बताइन् । 'यदी पार्टीले तपाईलाई मेयरमै लडाउन चाह्यो भने तपाई तयार हो कि होइन ?' भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै रेखाले थपिन्, 'मैले अहिले यो विषयमा सोचेकी छैन् । म भन्दा २० औं-३० औं बर्षदेखी पार्टीमा सक्रिय हुनुभएका महिलाहरुले चान्स पाउनुपर्छ र उहाँहरुलाई चाहिँ सघाउने इच्छा हो मेरोे तर म नै लड्ने इच्छा भने छैन् ।' 
 
उनले आफु मेयर र उपमेयरमा लड्ने भन्दा पनि पार्टीले जित्नु पर्छ भन्ने सोचमा रहेको पनि बताइन् । रेखाले स्थानिय तहको निर्वाचनमा पार्टीलाई जिताउनका लागि आफ्नो होम प्रोडक्शनबाट निर्माण हुन लागेको फिल्म 'रुद्रप्रिया' को पनि सुटिङ पोस्टपोन्ड समेत छिन् । यसअघि बैशाख २४ गतेबाट फ्लोरमा जाने बताइएको 'रुद्रप्रिया' को अब जेठ १ गतेबाट छायांकन आरम्भ हुनेछ ।