मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'अवतार' को चारवटै सिक्वेलको रिलिज कन्फर्म

एजेन्सी, अमेरिका, 2017/04/24
जेम्स क्यामरुनको रेकर्ड ब्रेकिङ हलिउड फिल्म 'अवतार' को सिक्वेल पहिलो भाग रिलिजको ११ वर्षपछि हलमा लाग्ने भएको छ । 'अवतार' को पहिलो सिक्वेल सन् २०२० मा आउने पक्का भएको छ ।
 
जेम्स क्यामरुनले 'अवतार' का चारवटा सिक्वेलको लागि रिलिज डेट तोकेका हुन्, जसमध्ये 'अवतार २' सन् २०२० आउन लागेको हो । हालैमा फिल्मको फेसबुक पेजमा क्यामरुन र उनको ठूलो फिल्मका 'क्रु' को तस्वीर पोस्ट गरिएको छ जसले अब आउने चार फिल्मको लागि लगातार काम गरिरहेका छन् ।
 
उक्त पोस्टका अनुसार 'अवतार २' सन् २०२० को डिसेम्बर १८ मा र 'अवतार ३' दोस्रो भाग रिलिजको एक वर्षपछि अर्थात सन् २०२१ डिसेम्बर १७ मा रिलिज हुनेछ । फ्रेन्चाइजीले त्यसपछि तीन वर्षको विश्राम लिनेछ र सन् २०२४ डिसेम्बर २० मा 'अवतार ४' प्रर्दशनमा आउनेछ र 'अवतार' को अन्तिम सिक्वेल सन् २०२५ को डिसेम्बर १९ मा रिलिज हुनेछ । क्यामरुनले पहिलो सिक्वेललाई सन् २०१८ मा ल्याउन चाहेका थिए तर पछि काम धेरै नै बाँकी भएकोले यस वर्ष ल्याउन नसकिने भएको बताएका थिए ।
 
सन् २००९ मा रिलिज भएको 'अवतार' सुपरहिट भएको थियो जसले हलिउडमा किर्तिमानी दुई अर्ब सत्तरी करोड डलर भन्दा बढि कमाएको थियो । उक्त फिल्म मानव र काल्पनिक पान्डोरा ग्रहका निलो छाला भएका नाभि जातिको बीचको द्धन्द्धमा आधारित थियो ।