मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(99 votes, avg 1.26/5.00)
Text size:-
+
-

'पर्व' ट्रेलर रिलिज, हेर्नूस् नम्रताको भयानक रुप (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/04/23
नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको लिड रोल रहेको फिल्म 'पर्व' को अफिसियल ट्रेलर रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्ट र टिभी फिल्मीले 'पर्व' को ट्रेलरसँगै मोसन पोस्टर पनि सार्वजनिक गरेको हो । थ्रिलर हरर  जनरामा निर्माण भएको फिल्मको ट्रेलरमा नायक कोशिश क्षेत्री लेखकको भूमिकामा देखिएका छन् भने नम्रता श्रेष्ठलाई मानसिक रोगीको भूमिकामा देख्न सकिन्छ । ट्रेलर रिलिज अगावै सार्वजनिक भएको 'पर्व' को 'काले दाई' बोलको आइटम गीतले युटुबमा ९० लाख बढी भ्यू पाइसकेको छ । गीतबाटै प्रतिक्षित बनेको 'पर्व' लाई ट्रेलरले प्रमोशनमा थप मदद्त पुग्नेमा शंका छैन् । 
 
'मोक्ष' फिल्मबाट नेपाली रजतपटमा भित्रिएका नायक कोशिश क्षेत्री र यसअघि नै दर्जनौ सफल फिल्म दिइसकेकी नायिका नम्रता श्रेष्ठले पहिलो पटक 'पर्व' मार्फत एकसाथ स्क्रिन शेयर गरेका हुन् । आफ्नो भूमिकाको विषयमा पत्रकारहरुलाई बताउँदै नायक क्षेत्रीले भने, 'मलार्ई निर्देशक दिनेश राउत र नायिका नम्रता श्रेष्ठसँग काम गर्न खुबै रहर थियो, जुन 'पर्व' बाट पूरा भएको छ । मैले फिल्ममा एक लेखकको भूमिका निर्वाहा गरेको छु, जो मानसिक रोगी आफ्नी प्रेमिकालाई हरेक पल साथ दिने गर्छ ।'
 
त्यस्तै, नायिका नम्रता श्रेष्ठले फिल्म 'पर्व' उत्कृष्ट बनेको दावी गरिन् । फिल्ममा सुवास गिरी र निकिता पौडेलको लगानी रहेको छ । कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा विकास सुवेदी एसोसियट निर्देशकको रुपमा रहेका छन् । 
 
 
'पर्व' को विषयमा बोल्दै निर्देशक दिनेश राउतले भने, 'पहिलो पटक थ्रीलर, सस्पेन्स र हरर फिल्म  निर्देशन गरेको छु । सुरुमा त म गर्न सक्छु जस्तो लागेको थिएन तर लभस्टोरी फिल्म भएपनि हरर फिल्म भएपनि फिल्म त फिल्म नै हो । मात्र जनरा फरक हो । अब मैले कस्तो काम गरेको छु भन्ने  थाहा पाउन त 'पर्व' हलमा लागेपछि मात्र थाहा होला ।' दिनेशले यस अगाडि ‘आइ एम सरी, नोभेम्बर रेन, क्लासिक’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । 
 
फिल्ममा कोशिश र नम्रताका अलवा माला लिम्बू, अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिना लगायतका कलाकारहरु पनि अभिनय रहेको छ । फिल्मका निर्देशक सुवास गिरीले 'पर्व' लाई उत्कष्ट बनाउन कुनै कसर बाँकी नराखेको जानकारी दिए । 
 
फिल्ममा कोशिश क्षेत्री र राजन राज सिवाकोटीको संगीत, दिनेश राउत र सिवाकोटीकै शब्द छ । निश्चल बस्नेत, मिना निरौला, केतन क्षेत्री र राजनराज सिवाकोटीले गीतमा स्वर रहेको छ ।