मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हलीउड फिल्म 'रेम्बो' को रिमेकमा हुनेछन् टाइगर श्राफ

एजेन्सी, मुम्बई, 2017/04/23
टाइगर श्राफको खातामा पहिला नै दुई ठूलो फिल्म छ । उनले 'स्टूडेन्ट अफ द ईयर २' र 'मुन्ना माइकल' गरिरहेका छन् । यसका अलवा एक अर्को ठूलो फिल्म गर्ने भएका छन् टाइगरले । खबरका अनुसार, टाइगरले सिलवेस्टर स्टैलोन स्टारर हलीउड फिल्म 'रेम्बो' साइन गरिसकेका छन् । यसको हिन्दी टाइटल तय हुन भने अझै बाँकी छ । जानकारीका अनुसार, यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् । 
 
टाइगरले 'रेम्बो' को हिन्दी रिमेकका लागि फोटोसुट समेत गरिसकेका छन् । यदी सबै कुरा ठिक भयो भने फिल्म यसै बर्षको जुलाईबाट फ्लोरमा जानेछ । २०१८ मा फिल्म रिलिज गर्ने तयारी छ । तर, अहिलेसम्म यो तय भैसकेको छैन् कि टाइगरको अपोजिटमा कुन अभिनेत्री हुनेछिन् ।