मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बाहुबली २' : हेर्नूस्, ५०० जनाले ५० दिनमा तयार पारेको सेट

एजेन्सी, मुम्बई, 2017/04/23
'कटप्पाीले बाहुबलीलाई किन मारे ?' यो प्रश्नको जवाफ फिल्मको सेकेण्ड पार्ट 'बाहुबली : द कन्क्लूजन' बाट मिल्नेमा दर्शकहरु ढुक्क छन् । यो फिल्म यही अप्रिल २८ मा रिलिज हुँदैछ । फिल्मका आर्ट डायरेक्टर साबू साइरिलले भारतीय अनलाइन 'दैनिक भाष्कर डटकम' सँग फिल्मको सेकेण्ड पार्ट बाहुबली स् द कन्क्लूजनु र यसको भव्य सेटलाई लिएर कुराकानी गरेका छन् ।  बताइदिउँ, फिल्मको सुट पुरानै सेटमा भएको हो । तर, नयाँ पार्टको सुट गर्नका लागि यसमा नयाँ चिज जोडिएको छ । 
 
३५ करोडमा बन्यो ब्रान्ड न्यू किङ्गडम 
फिल्मको फस्र्ट पार्टमा माहिष्मती किङ्गडमको सेट बनाउन ३५ करोड खर्च भएको थियो ।  सीक्वलमा त्यही सेटमा केही नयाँ एलीमेन्ट्सलाई जोडेर फिल्मको कयौं सिन फिल्मांकन गरिएको छ । यसका अलवा एक नयाँ किङ्गडमको सेट पनि तयार पारियो, जसको प्रोडक्सन डिजाइनको खर्च ३५ करोड रुपैयाँ भएको छ ।  यो सेटलाई ५०० जनाले ५० दिनमा तयार पारेका हुन् । 
 
 
सेकेड पार्टमा देखिनेछ माहिष्मतीको इन्टिरियर
फिल्मको पहिलो पार्टमा माहिष्मतीको एक्सटीरियरलाई एरियल व्यूबाट देखाइएको थियो । तर सेकेण्ड पार्टमा अडियन्स यसको इन्टिरियर र एम्पायरको विशाल व्यूलाई देख्न पाउनेछन् । 
 
 
पानीमा हुनेछ यूद्ध 
'बाहुबली'मा जमिन यूद्ध जस्ता वार सिक्वेन्स देखाइएको थियो, तर सीक्वलमा पानीमा यूद्धको सिन फिल्मांकन गरिएको छ । साबू साइरिलले भने, 'यस पटक हामीहरुले एक 'ट्रैवल पोर्ट' लाई इन्ट्रोड्यूस गरेका छौं । जस्तो कि तपाईहरुले ट्रेलरमा पनि देख्नु भयो होला जहाज पानीको बाटो हुँदै आउँदै जाँदै गरेको देखिएको छ । फिल्ममा समाबेश एक गीत समेत जहाजको ब्याकग्राउन्डमाथी फिल्मांकन गरिएको छ ।'