मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'डायरी' पोस्टरमा अटिनन् रेखा, कथा के हो ?

फिल्मीखबर, काठमाण्डौ, 2017/04/23
जेठ ५ गतेलाई रिलिज डेट लक गरिएको रेखा थापा स्टारर मूभी 'डायरी' को दुई फस्र्टलुक पोस्टर बाहिरिएको छ । केही दिन अगाडी रिलिज ट्रेलरले प्रमोशनमा थप सहयोग मिलिरहेको अवस्थामा निर्माणपक्षले रेखा थापालाई आउट गर्दै 'डायरी' को फस्र्टलुक पोस्टर सार्वजनिक गरेको हो । फिल्मका दुई लिड कलाकार छुल्ठिम गुरुङ र नव-नायक सन्नी सिंह फिचरिङ पोस्टरमा नायिका रेखा थापालाई भने अटाइएको छैन् । 
 
'आखिर किन पोस्टरबाट आउट भईन् त रेखा ?' फिल्मकी निर्मात्री समेत रहेकी नायिका छुल्ठिमले भनिन्, 'हामी चाँडै नायिका रेखा थापाको सालो पोस्टर रिलिज गर्दैछौं । अहिलेलाई भने दुई जनाको मात्र रिलिज गरेका हौं । पोस्टरमा रेखा थापा नअट्नुको पछाडी त्यस्तो केही छैन् ।' रेखा यो फिल्ममा पहिलो पटक भिलेनको अवतारमा देखिँदैछिन्, जुन सार्वजनिक ट्रेलरमा पनि देख्न सकिन्छ ।  फिल्मको पोस्टर सान थापा र विजय बस्याल (टौवा क्रियशन) ले तयार गरेको हुन् ।
 
 
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको यो फिल्ममार्फत छुल्ठिमले निर्मात्रीको रुपमा डेब्यु गरेकी हुन्। फिल्ममा अन्य कलाकार बिनोद पौडेल, दिनेश डिसी लगायतलाई पनि देख्न सकिनेछ । अनिल योन्जनले निर्देशन गरेको यो फिल्ममा छेतेन गुरुङको कथा र शिव राम श्रेष्ठको छायांकन रहेको छ ।