मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अजय र आमिरसँग लड्न डराए रजनीकान्त

एजेन्सी, मुम्बई, 2017/04/23
सुपरस्टार रजनीकान्त र अक्षय कुमारको अवेटेड फिल्म ‘२.०’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । यो फिल्म यस बर्षको दिपावलीमा रिलिज हुने तयारीमा थियो । तर, अब यो फिल्म २०१८ को जनवरी २५ मा रिलिज हुनेछ । 
 
यस बर्षको दिपावलीमा रिलिज हुँदा यो फिल्मको भिडन्त बक्स अफिसमा अजय देवगन को ‘गोलमाल अगेन’ र आमिर खानको ‘सीक्रेट सुपरस्टार’ सँग हुने पक्का थियो । यस कारण पनि यी तीन फिल्मको चर्चा केही दिनदेखी भारतीय मिडियामा खुबै थियो । 
 
यो फिल्ममा अक्षय कुमार एक वैज्ञानिकको भूमिकामा देखिँदैछन् । अक्षयको क्यारेक्टरको नाम फिल्ममा रिचर्ड हुनेछ । अक्षयले यो भूमिकाका लागि आफ्नो हुलिया पूरा तरिकाले बदलेका थिए । यो फिल्म ३५० करोडमा बनाइएको हो । यसमा रजनीकान्तलाई एक पटक फेरी वैज्ञानिक वसीगरमको भूमिकामा देख्न पाइनेछ ।  यो रजनीकान्तको २०१० को बल्कबस्टर फिल्म ‘एन्थिरन’ को सिक्वेल हो । यसमा एमी ज्याक्सन, सुंधाशु पान्डे र आदिल हुसेन लगायतका कलाकारहरु पनि लिड रोलमा छन् ।