मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'मसुर गुलाटी' को नयाँ शो, अली, चन्दन र सुगंधाले गर्नेछन् कमब्याक

एजेन्सी, मुम्बई, 2017/04/22
कमेडियन कपिल शर्मा र सुनील ग्रोवरको झगडा भएको झण्डै एक महिनाभन्दा पनि बढी भैसकेको छ तर अहिलेसम्म उनीहरुको झगडा शान्त हुन सकेको छैन । केही दिन अगाडी खबर बाहिर आएको थियो कि सुनील ग्रोवर (मसुर गुलाटी) आफ्नो नयाँ शो लञ्च गर्ने तयारीमा छन् । अब खबर छ कि यो शोमा सुनीलसँग अली असगर र चन्दन प्रभाकर पनि हुनेछन् । साथै, उनीहरुको अलवा केही अन्य चर्चित कमेडियनहरु पनि शोमा देखिनेछन् ।
 
मीडिया रिपोर्ट्सका अनुसार, सुनील ग्रोवर सोनी इन्टरटेन्मेन्ट टेलिभिजनसँग कुरा गर्ने कोशिस गरिरहेका छन् । मेकर्सलाई बाँकी अन्य च्यानलबाट पनि अफर्स आइरहेको छ । बताइएको छ कि सोनी टिभी आफैनै सुनील ग्रोवरको शो सञ्चालन गर्ने मूडमा देखिएको छ । सुनीलको शोमा अली, चन्दनका अलवा सुगंधा मिश्राल पनि कमब्याक गर्दैछिन् । बताइदिउँ कि सुनील ग्रोवरसँग नराम्रो व्यवहार गरेका कारण सुगंधा मिश्रा पनि कपिलको शोबाट हटिसकेकी छिन् । 
 
खबरका अनुसार, सुनीलको शो पनि एक सेलिब्रिटी शो हुनेछ, तर कपिलको शोभन्दा विल्कुलै अलग । शोको नाम सुनील ग्रोवरको नाममाथी राखिने छैन किनकी सुनील यस्तो चाहन्नन् । यो शो जूनमा लञ्च गर्ने तयारी छ ।