मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३२४ बर्षका वृद्ध बने यी एक्टर !

एजेन्सी, मुम्बई, 2017/04/22
बलीउड एक्टर राजकुमार राव चाँडै सुशांत सिंह राजपूत र कृति सेननको नयाँ फिल्म 'राब्ता' मा देखिँदैछन् । खबर छ कि फिल्ममा राजकुमार रावले ३२४ बर्षका एक वृद्धको भूमिका निर्वाहा गरेका छन् ।  
 
हालैमा राब्ताको ट्रेलर रिलिज भएको थियो । जसलाई दर्शकहरुले अहिले खुबै रुचाइरहेका छन् । यसको ट्रेलरमा राजकुमार रावको एक झलक देखाइएको छ । राजकुमार रावको यो लुकका लागि फिल्म मेकर दिनेश विजानले लस एन्जल्सनबाट विशेष मेकअप आर्टिस्ट बोलाएका थिए । राजकुमारलाई ३२४ बर्षको वृद्धको लुकमा ल्याउन ६ घण्टा लाग्थ्यो । यो भूमिका निर्वाहा गर्न राजकुमारले आवाजदेखी बडी ल्यांग्वेजसम्म बदलेका थिए । 
 
राजकुमार रावको हालैमा फिल्म 'ट्रैप्ड' रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा खासै धमका मच्चाएन तर उनको अभिनयको भने खुबै तारिफ भयो । राजकुमारले आफ्नो लुकलाई लिएर भने,  'मेकअपको क्रममा म पसिनाले निर्थुक्क भिज्थें तर मलाई यो रोल गर्न भने निकै मज्जा आयो । हरेक दिन मेकअप गर्न म आरामले बस्थें ।' फिल्म राब्तामा सुशांत सिंह राजपूत र कृति सेनन लिडमा छन् ।