Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'चिनो' अभिनेता प्रदीप सिंहको निधन

फिल्मीखबर, काठमाण्डौ, 2017/04/22
सयौं नेपाली फिल्ममा अभिनय गरेका कलाकार प्रदीप सिंहको ५१ बर्षको उमेरमा निधन भएको छ । चलचित्र कलाकार संघका पूर्व कार्यसमिति सदस्य समेत रहेका सिंहको शुक्रवार साँझ ५ बजे भारतको कलकत्तास्थित ‘कलकत्ता मेडिकल एन्ड रिसर्च सेन्टर’मा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए । 
 
उनको पार्थिव शरीरलाई आज दिउँसो ३ बजे नेपाल ल्याईदैछ भने १ घण्टा प्रज्ञा प्रतिष्ठानमा श्रदाञ्जलीका लागि राखेपछि आज साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने अध्यक्ष बोगटीले बताए । वि.सं. २०१५ साल असार १४ गते काठमाडौंको बौद्धमा जन्मिएका कलाकार सिंहको एक छोरा, दुई छोरी र श्रीमती छन् । 
 
लामो समयदेखी मृगौलाबाट पीडित कलाकार प्रदीप सिंहले फिल्म 'चिनो' बाट अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि उनले देउता, दुई थोपा आँसु लगायतका सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् भने पाका निर्देशक तुलसी घिमिरेसँग मिलेर उनले फिल्मसमेत निर्माण गरेका थिए । 
 
'फिल्मीखबर डटकम' परिवार स्वर्गीय प्रदीप सिंहको शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ । 
Most Visited News (monthly)