Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पत्ता लाग्यो कसका छोरा हुन् धनुष !

एजेन्सी, मुम्बई, 2017/04/21
बलीउडमा फिल्म 'रांझणा' बाट आफ्नो करिअर सुरु गरेका साउथ इन्डियन एक्टर धनुषलाई आफ्नो छोरा बताएर एक वृद्ध जोडीले कोर्टमा मुद्धा दर्ता गर्दै उनीबाट ६५ हजार भारतीय रुपैयाँ मासिक जीवन गुजाराका लागि दिन माग गरेका थिए । यो केसमा जजले धुनषको पक्षमा फैसला सुनाएका छन् । 
 
यो केसमा धनुष मद्रास हाई कोर्टको मदुरई बेन्चको अगाडी पेश भएको थिए । उनले त्यहाँ आफ्नो बर्थमार्क्स पनि चेक गराएका थिए । यो सुनवाईका लागि धनुष आफ्नी आमा विजयलक्ष्मीसँग कोर्ट पुगेका थिए ।  
 
एक तमिल दम्पत्ति, आर कातिरेसन र उनकी पत्नी मीनाक्षीले गएको बर्ष यो दावी गरेका थिए कि धनुष उनीहरुको तेस्रो छोरा हुन्, जो घरबाट भागेका थिए । यो जोडीले गएको बर्ष नोभेम्बरमा मेलूर डिस्ट्रिक्ट कोर्टमा मुद्धा दर्ता गरेका हुन् । कातिरेसनले दर्ता गरेको मुद्धामा भनिएको छ, 'अभिनेताको पहिचान चिन्हलाई मेटाउने संभावना छ । अभिनेताबाट दायर जन्म प्रमाणपत्र वास्तविक होइन ।' उनले यो तर्क यस आधारमा गरेका हुन् कि त्यसमा धुनषको नाम र पञ्जीकरण संख्या उल्लेख गरिएको छैन ।  
 
 
आर कातिरेसन र उनकी पत्नी मीनाक्षीले यो दावी गरेका छन् कि उनीहरु धनुषको बायोलोजिकल माता-पिता हुन् । उनीहरुले आफ्नो छोराको स्कूल ट्रान्सफर सर्टिफिकेटलाई आधार मान्दै दावी गरेका छन्, 'धनुषको दाँत कलरबोनको नजिक एक तिल छ र दाहिने पाखुरामा एक निशान छ । धनुष बर्ष २००२ मा एक्टर बन्नका लागि चेन्नई भागेका थिए ।' 
 
को हुन् धनुषका माता-पिता ? 
यो मामिलामा धनुष सुरु देखी नै यो भन्दै आइरहेका छन् कि उनको माता पिता दावी गर्ने दाम्पत्तिसँग उनको कुनै सम्बन्ध छैन । धनुषको वास्तविक नाम वेन्कटेश प्रभु हो । उनी  तमिल फिल्म इन्डस्ट्रीका प्रोड्यूसर कस्तूरी राजाका छोरा हुन । उनकी आमाको नाम विजयलक्ष्मी हो । 
Most Visited News (monthly)