साउथ फिल्म इन्डस्ट्रीका चर्चित निर्देशक एस एस राजामौली फिल्म 'बाहुबली-२' पछि आफ्नो ड्रिम प्रोजेक्ट 'महाभारत' मा आधारित भएर फिल्म बनाउँदैछन् । यसअघि खबर बाहिर आएको थियो कि फिल्ममा 'कृष्ण' को भूमिका बलीउडस्टार आमिर खानले प्ले गर्दैछन् । तर, हालै प्राप्त जानकारीका अनुसार आमिर यो फिल्मबाट आउट हुँदैछन् ।
भारतीय मिडियाका अनुसार, फिल्मको टीम यो चाहन्छन् कि 'महाभारत' मा कृष्णको भूमिका बलीउडस्टार रितिक रोशन वा फेरी साउथका चर्चित एक्टर महेश बाबूले निर्वाहा गरुन । एक्टर रितिक रोशनले यसभन्दा पहिला 'जोधा अकबर' र 'मोहनजोदडो' जस्ता ऐतिहासिक फिल्ममा काम गरिसकेका छन् । त्यस्तै, सुपरस्टार महेश बाबू फिल्ममा कृष्णको भूमिकामा परफेक्ट च्वाइस मानिएको छ ।
डायरेक्टर राजामौली निकै लामो समयदेखी यस विषयमा फिल्म बनाउने योजनामा थिए । चाँडै राजामौली आफ्नो यो फिल्मको औपचारिक निर्माण घोषणा गर्दैछन् । यो फिल्मको बजेट ७०० करोडको हुनेछ । बलीउडमा अहिलेसम्म यत्रो रकममा कुनै पनि फिल्म बनेका छैनन् । फ़िल्म हिन्दी, मलयालम, तमिल, तेलुगु र अंग्रेजी भाषाहरुमा सुट गरिनेछ ।