मिति : २०७४ कार्त्तिक १, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेर्नूस्, वान सटमा खिचिएको 'जालो' ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/04/20
सायद तपाईहरुलाई पत्यार नलाग्न सक्छ, वान सटमा पनि फिल्म तयार हुन्छ र ? त्यो पनि दुई फिल्म एकैचोटी । हो, विश्वमै असम्भव भनिएको वान सटमा तयार भएको दुई नेपाली फिल्म 'जालो' र 'जालो रिर्टन्स' प्रदर्शनका लागि अब तयारी अवस्थामा छन् । 
 
३ घण्टा ५३ मिनेटसम्म क्यामेरा अफ नगरि खिचिएको दुई फिल्म मध्ये 'जालो' को बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ । थ्रिलर हरर जनरमा निर्माण भएको 'जालो' ट्रेलरले पैसा बोल्छ । ट्रेलरबाट यो चाहिँ पक्का छ कि 'जालो' हेर्न दर्शकहरु उत्साहित हुनेछन् । 
 
जेठ १९ गतेलाई रिलिज डेट लक गरिएको 'जालो' पूर्ण व्यवसायिक मनोरञ्जनात्मक फिल्म बनेको निर्देशक अराज केशवले ट्रेलर रिलिज कार्यक्रममा बताए । उनले भने, 'धेरैले वान सटमा दुई फिल्म एकसाथ गर्न सकिन्न भनेर पनि भने तर मलाई विश्वास के थियो भने म वान सटमै दुई फिल्म तयार पार्नेछु र त्यो सम्भव पनि भयो ।' 
 
त्यस्तै, फिल्मका निर्माता मोहित मुनालले भने -'विश्वमा असम्भव भनिएको काम हामीले गरेर देखाएका छौं । अब दर्शकहरुको साथ र मायाको खाँचो छ ।' 'जालो' र 'जालो रिर्टन्स' लाई मोहित र अराजले मिलेर निर्माण गरेका हुन । फिल्मको कथा निर्देशक अराज आफैले लेखेका हुन । 
 
'जालो' को सिक्वेलको रुपमा रहेको 'जालो रिर्टन्स' को भने रिलिज डेट फाइनल गरिएको छैन । निर्माणपक्षबाट प्राप्त जानकारी अनुसार, 'जालो' रिलिजको एक बर्षपछि 'जालो रिर्टन्स' हलमा लाग्नेछ । यी दुवै फिल्ममा नीर शाह, अनुप विक्रम शाही, मेनुका प्रधान, निराजन प्रधान, मुना गौचन, लक्ष्मी गिरी लगायतका ४० भन्दा बढी कलाकारहरुको मुख्य भूमिका छ । 
 
ट्रेलर रिलिज कार्यक्रममा फिल्मका कलाकारहरु नीर शाह, अनुप विक्रम शाही, निराजन प्रधान लगायतले 'जालो' र 'जालो रिर्टन्स' मा काम गर्दाको दुख सम्झिए । बरिष्ठ कलाकार नीर शाहले भने, 'मलाई सुरुमा फिल्मको अफर गर्न निर्देशक अराज केशव आउनु भएको थियो । मैले त्यहिँ बेला गर्न नसक्ने कामको पछाडी किन दौडिएको होला भनेर पनि भनेको थिए तर अराजले हामी गर्न सक्छौं भन्नुभयो । तर, जब झण्डै ४ घण्टामा दुई फिल्मको छायांकन सकियो तब म आफै नै दंग परेको थिए । त्यसपछि मलाई लाग्यो कि राम्रो टिम भए असम्भव भन्ने चिज संसारमा केही छैन । 'जालो' र 'जालो रिर्टन्स' वान सटमा खिचिएपनि व्यवसायिक फिल्म बनेको छ ।' 
 
३ घण्टा ५३ मिनेटसम्म क्यामेरा अफ नगरि 'जालो' र 'जालो रिर्टन्स' लाई हरी घले लामाले खिचेका हुन । विश्वमै वान सटमा दुई फिल्म एकसाथ खिचिएको पहिलो पटक भएका कारण 'जालो' रिलिजपछि गीनिज बुकमा नाम दर्ता गराउन प्रक्रिया अगाडी बढाइने निर्देशक अराज केशवले जानकारी दिए । उनका अनुसार दुबै फिल्मको समय २-२ घन्टाको हुनेछ ।