मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'महानगर' मा केकी र कर्माको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2017/04/20
बर्ष २०७३ को पुषमा हल छिरेको नायिका केकी अधिकारी र नायक कर्मा शाक्य स्टारर मूभी 'लभ साशा' मा देखिएको यो जोडी पुनः अर्को नयाँ फिल्ममा पनि दोहोरिने फाइनल भएको छ । 'लभ साशा' मा केकी र कर्माको जोडीलाई दर्शकहरुले राम्रै रुचाएपछि मोहन रार्इले फिल्म 'महानगर' मा उनीहरुलाई दोहोर्याउन लागेका हुन । 
 
 
यो फिल्मलाई मोहन राई आफैले निर्माण र निर्देशन गर्नेछन् । केही दिनभित्रै पत्रकार भेटघाटमार्फत चलचित्रको विषयमा औपचारिक जानकारी दिने तयारीमा रहेको निर्माणपक्षले बैशाखको अन्तिम साताबाट सुट सुरु गर्ने तयारीमा रहेको छ । केकी र कर्माको जोडी 'लभ साशा' बाट हिट भएपनि व्यवसायिक रुपमा भने असफल भएको थियो । चलचित्रले 'महानगर' को एक यूवती र एक यूवकको संघर्षको कथा पेश गर्नेछ ।