मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलमानको घाँटीमा जुत्ताको माला किन ?

एजेन्सी, मुम्बई, 2017/04/20
बलीउडस्टार सलमान खानले यस बर्षको ईदमा आफ्ना प्रशंसकहरुलाई नयाँ फिल्म उपहार दिँदैछन्, 'ट्यूबलाइट' । यो फिल्मले रिलिज अगावैदेखी रेकर्ड बनाइरहेको छ । यसैबीच फिल्मको फस्र्टलुक पोस्टर बुधवार रिलिज गरिएको थियो भने बिहिवार दोस्रो पोस्टर पनि आउट भएको छ । फिल्मका निर्देशक कबिर खानले दोस्रो पोस्टर ट्विट गर्दै लेखेका छन्, 'जाग्नुहोस् सलमानको सलाम आएको छ ।'  
 
यो पोस्टरमा सलमानको लुक केही फन्नी र निकै क्यूट देखिन्छ ।  पोस्टरमा सलमान सलाम गरिरहेका छन् भने उनको घाँटीमा एकजोडी बूट्स देख्न सकिन्छ । फिल्मको पहिलो पोस्टरमा भने सलमान खानको अनुहार देखाइएको थिएन । 
 
 
यसभन्दा अगाडी नै यो फिल्म सेन्ट्रल इन्डिया (सीआई) लाई छाडेर अल इन्डिया डिस्ट्रिब्यूसनले सबै अधिकारबाट एनएच स्टूडियोजलाई १३२ करोडमा विक्रि गरिसकेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो फिल्म हो । कबिर खान निर्देशित यो फिल्म यसकारण पनि खास छ, किनकी फिल्ममा शाहरुख खानले केमियो गरेका छन् । 
 
'ट्यूबलाइट' मा लिड रोल निर्वाहा गरेकी हिरोइन चिनिया यूवती हुन, जसको नाम जूजू हो । 'ट्यूबलाइट' को कहानी भारत-चीन युद्धमा आधारित छ । निर्देशक कबिर खानसँग सलमानको यो तेस्रो फिल्म हो । यसभन्दा अगाडी उनीहरुले 'एक था टाइगर' र 'बजरंगी भाईजान' जस्ता रेकर्ड तोड फिल्म दिइसकेका छन् । 'ट्यूबलाइट' २३ जुन, २०१७ मा रिलिज हुँदैछ ।