मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'मिस्टर झोले' घोषणा : दोहोरिए दयाहाङ, थपिइन् बर्षा

फिल्मीखबर, काठमाण्डौ, 2017/04/20
'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो ढुङगा' फिल्मका निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म 'मिस्टर झोले' को बिहिवार शुभमुर्हुत गरिएको छ । बैशाख ११ गतेबाट फ्लोरमा जानेगरि 'मिस्टर झोले' को बिहिवार बिहान नक्सालस्थित भाटभटेनी मन्दिरमा शुभमुर्हुत गरिएको हो । 
 
 
२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म 'झोले' टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले 'मिस्टर झोले' निर्माण गर्न लागेको हो । यो फिल्ममा दयाहाङ राई, बर्षा राउत, दीया पुन, प्रविण खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा र सरोज अर्याल लगायतका कलाकारहरुको लिड रोल रहनेछ ।
 
 
'झोले' मा मुख्य भूमिकामा रहेका नायिका प्रियंका कार्की र ए. गुरुङ भने फिल्म 'मिस्टर झोले' मा दोहोरिएका छैनन् । चलचित्रको बिषय, स्थान, पात्र, कथा संरचना, भिन्न रहेकोले 'मिस्टर झोले' 'झोले' को सिक्वेल नरहेको निर्देशक गुरुङले जानकारी दिए । रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहने यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले खिच्नेछन् ।