मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

जान्नुहोस्, कति छ ब्रम्हानन्दनको सम्पत्ति ?

एजेन्सी, मुम्बई, 2017/04/20
दक्षिण भारतीय फिल्मका 'कमेडी किंग' भनेर चिनिन्छन् ब्रम्हानन्दन । उनको अभिनयका फ्यान करोडौं छन् । दक्षिण भारतमा बन्ने अधिकांश फिल्महरुमा नछुट्ने ब्रम्हानन्दनले ३० बर्ष लामो फिल्म करिअरमा हजारभन्दा बढी सिनेमा खेल्दै विश्व रेकर्डमा समेत आफ्नो नाम दर्ता गराइसकेका छन् ।
 
उनको नाम गिनिज बुकमा एकै भाषामा बनेको सातसय भन्दा बढि फिल्ममा अभिनय गर्नेको नाउँमा दर्ता छ । सन् १९५६, फ्रेवअरी १ मा जन्मिएका ब्रम्हानन्दन फिल्ममा आउनुअघि लेक्चरर थिए । क्याम्पस पढाउँदा विद्यार्थीमाझ उनले गर्ने विभिन्न एक्टिंग चारकुनामा मात्र सिमित रहेन । 
 
 
क्याम्पसमा पढाउँदै गर्दा उनलाई ‘तेलुगु’ भाषाका एक निर्माताले फिल्मको अफर गरे । पहिलो डेब्यू फिल्ममा उनले गरेको अभिनय निर्मातालाई खुबै मनपर्यो र उनले दोस्रो फिल्ममा पनि ब्रम्हानन्दनलाई दोहोर्याए ।  त्यसपछि त उनले करिअर पछाडी फर्किएर हेर्नु नै परेन ।
 
उमेरले ६० बर्ष नाघिसकेका ब्रम्हानन्दनलाई अहिलेपनि फिल्ममा हेर्दा दर्शकहरुको ओठमा मुस्कान छाउने गर्छ भने उनमा त्यस्तै जोश र जाँगर जीवित नै देखिन्छ । फिल्म क्षेत्रमा महत्वपूर्ण योगदान गरेका कारण उनलाई सन् २००९ मा पद्यावती अवार्डबाट पनि सम्मानित गरिएको थियो । 
 
कति छ सम्पत्ति ? 
उनको कमाई दक्षिण भारतीय फिल्मका नाम चलेका हिरोहरुको भन्दा कम छैन । एक फिल्ममा काम गरेको करोड बढी पारिश्रमिक लिने ब्रम्हानन्दनको कूल ५० मिलियन डलर सम्पत्ति रहेको छ । उनले केही बर्ष अगाडी मात्र भारतको हैदरावादमा एक आलिसान महल खरिद गरेका थिए ।
 
उनी अहिले सम्पूर्ण परिवारसहित उक्त घरमा बस्दै आइरहेका छन् । योसँगै उनको धेरै ठाउँमा घरसँगै कृषियोग्य जमिन पनि छ । उनीसँग २.९ करोडको अउडी आर ८, ८० लाख भारतीय रुपैयाँको अउडी किउ ७ र १५ लाख पर्ने इनोभा कारहरु छन् ।