मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 2.43/5.00)
Text size:-
+
-

नयाँ बर्षका तीन फिल्म, कुन चले ?

फिल्मीखबर, काठमाडौं, 2017/04/20
गएको शुक्रवार नेपाली हलमा तीन फिल्मको भिडन्त आरम्भ भएको थियो । नयाँ बर्षलाई लक्षित गर्दै हलमा लागेका तीन फिल्मले कस्तो व्यापार गरे होलान् त ? सायद यो प्रश्न अहिले प्रत्येक दर्शकहरुको मनमा उब्जिरहेको छ । ट्रेलर र गीत-संगीतबाटै प्रतिक्षित बनेका 'राधे', 'घामपानी' र 'लभ लभ लभ' ले राम्रै पैसा छापेको निर्माता दावी गर्छन । तर, यी तीन चलचित्र मध्ये निखिल उप्रेती स्टारर फिल्म 'राधे' को कलेक्शन भने उच्च रहेको वितरक गोपाल कायस्थको कलेक्शन रिपोर्टले बताउँछ । 
 
'राधे' ले हालसम्ममा १ करोड ६० लाख ग्रस आम्दानी गरिसकेको छ भने अन्य दुई चलचित्र 'घामपानी' ले करोड र 'लभ लभ लभ' ले ५० लाख ग्रस खल्तीमा हालिसकेका छन् । मल्टिप्लेक्स लक्षित 'घामपानी' र 'लभ लभ लभ' र सिंगल हलका बादशाह निखिल उप्रेतीको 'राधे' ले नयाँ बर्षमा दर्शकहरुलाई प्रदान गरेको उपहारबाट कूल ३ करोड ग्रसको विजनेश पोल्टामा पारेका छन् । तीन ठूला फिल्म एकसाथ हलमा लाग्नु नै निर्माता सेभ हुने बाटो पक्कै थिएन तर तीन फिल्म एकसाथ मैदानमा उत्रिएपनि आफ्नो पक्षमा यतिको पैसा छाप्नुलाई सुखद नै मान्न सकिन्छ । 
 
 
प्राप्त खबरका अनुसार, यस हप्ता नै 'राधे' ले आफ्नो लगानी सुरक्षित गरेर नाफाको बाटोतर्फ दौडिनेछ भने 'घामपानी' र 'लभ लभ लभ' ले दोस्रो हप्तामा उल्लेख्य दर्शक भित्राएको खण्डमा लगानी सेभ हुने संकेत देखिएको छ । तर, 'राधे', 'घामपानी' र 'लभ लभ लभ' विदेश प्रदर्शन र डिजिटल राइट्सबाट भने सुरक्षित भैसकेका खबर छ । 
 
'राधे' मा निखिल उप्रेती, प्रियंका कार्की, सलोन बस्नेत, अशिष्मा नकर्मीको लिड रोल थियो भने 'घामपानी' मा दयाहाङ राई र केकी मुख्य भूमिकामा थिए । त्यस्तै, यी दुई चलचित्रसँग एकसाथ प्रदर्शन आरम्भ गरेको चलचित्र 'लभ लभ लभ' मा नव-नायक सुरज पाण्डे र स्वस्तिमा खड्काको प्रेमजोडी देख्न सकिन्छ ।