मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ् 'नेप्टे', छुल्ठिम 'नेप्टी'

फिल्मीखबर, काठमाडौं, 2017/04/18
नेपाली चलचित्र 'नेप्टे’को घोषणा गरिएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै देव कुमार श्रेष्ठको निर्देशन रहने चलचित्रको घोषणा गरिएको हो । 
 
कलाकार रोहित रुम्बाले ‘नेप्टे’ निर्माण गर्न लागेका हुन् । फिल्ममा दयाहाङ् राई र छुल्ठिम गुरुङ्को प्रमूख अभिनय रहनेछ भने रोहितको पनि महत्वपूर्ण भूमिका रहनेछ । 
 
 
'नेप्टे’मा सामाजिक कथा वस्तुलाई रोचक ढंगले उठाइने बताईएको छ । 'नोभेम्वर रेन'की डल्ली तथा ‘डायरी’ की निर्मात्री छुल्ठिमले दयाहाङसँग काम गर्ने रहर पुरा भएको बताईन् ।
 
'नेप्टे'को छायांकन जेठको पहिलो हप्तादेखी शुरु हुनेछ । दया, छुल्ठिम र रोहितसँगै बुद्धि तामाङ, अरुणा कार्की, ए गुरुङ लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गर्नेछन् ।
 
किरण माइकलको पटकथा एंव संवाद रहेको चलचित्रमा रोहित आँफैले कथा लेखेका छन् । हरी घले लामाको छायांकन, बाबु बोगटी, सन्तोष राज, ओम सुनार र रोहितको संगीत रहनेछ ।