मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजेशलाई करिश्माको चुनौती, 'काठमाण्डौबाट स्वतन्त्र मेयरमा उठ्नुस्'

फिल्मीखबर, काठमाण्डौ, 2017/04/18
नायिका करिश्मा मानन्धरले महानायक राजेश हमाललाई काठमाण्डौंबाट स्वतन्त्र मेयरको चुनाव लड्न चुनौती दिएकी छिन् ।
 
सोमबार बेलुकी नायक राजेश हमालले भारतमा राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान भएको भन्दै फेसबुकमा स्टाटस लेखेपछि मानन्धरले फेसबुकबाट नै यस्तो चुनौती दिएको बुझ्न सकिन्छ । मानन्धरले आफ्नो स्टाटसमा लेखेकी छिन्, ‘राजेश हमाललाई सुझाव, यदि हजुरलाई नेपाली समाज र देशको चिन्ता छ भने काठमाण्डौबाट मेयरको लाग स्वतन्त्र चुनाव लड्नुहोस् । मेरो भोट तपाइलाई हुनेछ ।’
 
 
स्मरण रहोस् हमालको स्टाटस यस्तो थियो, 'यो यस्तो परिणाम हो जब सार्वभौम र स्वतन्त्र राज्यको सरकारले यसको स्थान समान रुपमा देखाउन सक्दैन । तर कृपा पात्रको रुपमा व्यवहार गर्छ । हाम्रो सरकार र नेतृत्वले अन्र्तराष्ट्रिय जगतमा छवि कलंकीत मात्र पारेनन्,स्वतन्त्र र सार्वभौम राज्यको नागरिकको गर्व पनि ध्वस्त पारे । सरकारलाई लाज हुने पर्ने ।’
 
(हमालको स्टाटस अंग्रेजीमा भएकोमा नेपालीमा उल्था गरिएको हो ।)