मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'राधे'लाई 'राजतन्त्र'को समर्थन गरेको आरोप, के हो सत्य कुरा ?

फिल्मीखबर, काठमाण्डौ, 2017/04/18
गत शुक्रबार रिलीज भएको नेपाली फिल्म 'राधे' लाई राजतन्त्रको समर्थन गरेको आरोप लागेको प्रसंग यतिबेला चर्चामा छन् ।
 
यो चलचित्रमा एउटा संवाद समावेश गरिएको छ, 'बाउ लेखेटेर आमा बेचेर खानेहरुसँग कसरी मिलेर बस्ने ?' यो संवादले नेपालबाट हटिसकेको राजतन्त्रको समर्थन गरेको आरोप लागेको हो । 
 
 
निर्माता सुशिल पोख्रेल स्वयंमले यो संवादले गर्दा आफूहरुलाई राजतन्त्रको समर्थनको आरोप लागेको उल्लेख गर्दै स्टाटस लेखेका छन् । 'यो हामीले सांकेतीक रुपमा उठान गर्न खोजेका हौ । चलचित्रमा सिधै नभनिएतापनि सांकेतिक रुपमा राजतन्त्रकै समर्थन गर्न खोजिएको हो' पोखरेलले स्टाटसमा लेखेका छन् ।
 
निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी लगायतका कलाकारले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । 'राधे'ले ओपनिङ व्यापार आक्रमक गरेको थियो ।