मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

केकी र नाजिरको हातबाट कलाकार क्षेत्रीलाई २ दुई लाख सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2017/04/18
लामो समय देखि घाँटीमा मासु पलाएर थलिएका नेपाली फिल्मका कलाकार दिपक क्षेत्रीलाई अहिले देश विदेशबाट उपचारको लागि आर्थीक सहयोग जुटिरहेको छ । 
 
यसै क्रममा चलचित्र 'राज्जा रानी' को टिमले रु २ लाख ११ हजार रकम सहयोग गरेको छ । चलचित्रका निर्माता एम.के. पौडेल, निर्देशक यम थापा, नायिका केकी अधिकारी, कलाकार नाजिर हुसेनले सो रकम उनकै डेरामा पुगेर हस्तान्तरण गरेका हुन् ।
 
 
घाँटीमा मासु पलाएको कारणले ४ बर्षदेखि उनको स्वर सुकेको थियो । अब उपचार हुने भएपछी कलाकार छेत्री खुशी देखिएका छन् ।
 
चलचित्र पत्रकार संघले पनि क्षेत्रीको उपचारका लागि आर्थिक सहयोगको अभियान जारी राखेको छ । विभिन्न सञ्चारमाध्यममा उनको अन्तरवार्ता र समाचार प्रसारण भएपछि संसारभरका नेपालीबाट आर्थीक संकलन अभियान चालिएको थियो ।
 
हेर्नुहोस् उनको अन्तरवार्ता: