मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

विल्सनको खतरनाक अभिनय रहेको 'रातो घर'को ट्रेलर रिलीज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/04/18
चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राईको उत्कृष्ट अभिनय रहेको भनिएको नेपाली फिल्म 'रातो घर'को दोश्रो ट्रेलर रिलीज भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोश्रो ट्रेलर रिलीज भएको हो ।
 
सुरज सुब्बा 'नाल्बो' निर्देशित 'रातो घर' जेठ १९ मा रिलीज हुँदैछ । फिल्मको  अघिल्लो बर्ष नै रिलीजको चर्चा थियो तर रिलीज भएन । यसै प्रसंगमा चलचित्रका निर्देशक नाल्बोले पहिले विदेशमा रिलीज गर्नको लागि नेपालमा रिलीज ढिलो गरिएको बताए । नाल्बोले लगानी सुरक्षित गर्नको लागि पहिले विदेश प्रदर्शन गर्नुपरेको खुलाए ।
 
ट्रेलर हेर्नुहोस्:

 
कार्यक्रममा शुभकामना दिन उपस्थित बरिष्ठ कलाकार सुनिल थापाले आफुले चलचित्र हेरेको र निकै राम्रो रहेको बताए । आफुले चेला मान्दै आएका विल्सन विक्रम राईले खतरनाक अभिनय गरेको भन्दै थापाले तरिफ गरे ।
 
मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको रातो घरका प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको 'रातो घर'मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।
 
'रातो घर'मा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर लगायतको अभिनय रहेको छ । चलचित्रले 'कालो काम गर्नेको सेतो कथा' भन्ने नारा बोकेको छ ।