मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिरामी कलाकार क्षेत्रीलाई बेलायतबाट तीन लाख सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2017/04/17
लामो समयदेखी बिरामी कलाकार दिपक क्षेत्रीलाई संसारभरबाट उपचार सहयोग रकम आउने क्रम जारी छ । यसै क्रममा यूकेमा बसोबास गर्ने नेपाली समुदाय तथा  क्षेत्री समाज यूकेबाट तीन लाख रुपैयाँ सहयोग रकम प्रदान भएको छ ।
 
सोमबार काठमाण्डौमा क्षेत्री समाज यूकेका पूर्व अध्यक्ष प्रेम खड्काको हातबाट बिरामी कलाकार क्षेत्रीलाई हस्तान्तरण गरियो । सञ्चारमाध्यममा बिरामी कलाकार दीपक क्षेत्रीको अन्तरवार्ता प्रकाशन-प्रशारण भएपछि संसारभरका नेपालीहरुबाट सहयोग आईरहेका छन् ।
 
 
चलचित्र पत्रकार संघ नेपालले आर्थीक संकलन गर्दै क्षेत्रीको उपचारको पहल गरिरहेको छ । त्यस्तै, संसारभरका नेपालीहरुले आ-आफ्नै तवरले अभियान चलाईरहेका छन् ।
 
क्षेत्रीको उपचार शुरु भईसकेको छ । बरिष्ठ नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा. बिके सिन्हाले क्षेत्रीको चेकजाँच गरी औषधी दिई सात दिनको लागि आराम गराएका छन् । बाँकी उपचार आराम अवधी सकिएपछि हुनेछ ।
 
झण्डै चार बर्षदेखी क्षेत्रीको घाँटीमा समस्या आएको थियो । घाँटीमा मासु पलाएकोले उनले राम्रोसँग बोल्न नसक्ने भएका छन् ।
 
क्षेत्रीसँगको अन्तरवार्ता यहाँ हेर्नुहोस्: