मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हर्षिकाले यसरी बदलिन मोहनलाई (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/04/16
नेपाली फिल्म 'मेरी कुशुम'को रोमान्टिक गीत रिलिज भएको छ । चलचित्रको ‘म त बदलिए तिम्रो कारण’ बोलको गीत रिलिज भएको हो । 
 
सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राइको आवाज रहेको छ भने बुढाथोकीकै संगीत तथा शब्द छ । 
 
एन.आर. घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा मोहन बोगटी र हर्षिका श्रेष्ठको प्रमूख अभिनय छ । दिव्यराज सुवेदीले छायांकन गरेको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । 
 
हेर्नुहोस् गीत:

 
रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘मेरी कुसुम’ जेठ २५ गतेबाट नेपालभर रिलिज हुँदैछ । यो चलचित्रको प्रदर्शन मे ५ मा दुबइमा पनि हुँदैछ ।
 
चलचित्रको रिलिज मिति नजिकिदै जाँदा यसको निर्माणपक्षले प्रचार सामाग्री पनि विभिन्न ढंगले सार्वजनिक गरिरहेको छ । दुबइको प्रदर्शनलाई पनि विशेष ख्याल गर्दै यसको गीतसंगीत र ट्रेलर रिलिज गरिएको हो ।