मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

वट सटमा खिचिएको फिल्म 'जालो'को टीजर रिलीज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/04/16
नेपाली फिल्म ‘जालो’को टीजर रिलीज भएको छ । जेठ १९ मा रिलीज हुने यो फिल्म दुई घण्टामा छायांकन भएको थियो ।
 
वन सटमा खिचिने विश्वकै लामो चलचित्रको रुपमा बिश्व रेकर्ड राख्ने उद्देश्यका साथ बनेको ‘जालो’ दुई घण्टामा खिचिएको भएपनि यो चलचित्रमा गीत तथा द्वन्द्व समेत छन् । 
 
अराज केशव निर्देशित 'जालो'मा अनुपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, प्रकाश श्रेष्ठ, नीर शाह, रेमन दाश श्रेष्ठ, निराजन प्रधान, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहेको छ । 
 
हरी लामाको छायांकन रहने चलचित्रलाई बनिश शाहले सम्पादन गरेका छन् । चलचित्रलाई अराज केशव र मोहित मुनालले संयुक्त निर्माण गरेका छन् । 
 
चलचित्रले विश्व रेकर्ड राख्नको लागि भने चलचित्र प्रिमियर हुनुपर्ने प्रावधान छ । चलचित्र रिलीज अगावै प्रिमियर गरी विश्व रेकर्ड राखिने बताईएको छ ।
 
टीजर हेर्नुहोस्: