मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

कलाकार क्षेत्रीलाई अमेरिकाबाट पाँच लाख सहयोग प्रदान

फिल्मीखबर, काठमाण्डौ, 2017/04/16
रोगले थलिएका नेपाली फिल्मका कलाकार दीपक क्षेत्रीलाई अमेरिकाबाट संकलित रकम मध्येबाट पाँच लाख रुपैयाँ प्रदान भएको छ । आईतबार क्षेत्रीकै निवासमा अभिनेत्री पूजा चन्द (लामा)ले रकम हस्तान्तरण गरिन् ।
 
हालसम्म कुल $९,११० (करीब ९ लाख ११ हजार रुपैया )को प्रतिबद्दता प्राप्त भएकोमा केही रकम उठिसकेको र केही उठ्ने क्रममा रहेको अभियानका संयोजक शुरेस दर्पण पोखरेलले बताएका छन् । उठेको रकमबाट पाँच लाख रुपैयाँ प्रदान भएको हो । बाँकी रकम दोश्रो चरणमा प्रदान हुने बताईएको छ ।
 
अमेरिकामा रहेका नेपाली कलाकर्मिबाट मात्रै $५,४०६ (करीब ५ लाख ४० हजार रुपैया) जम्मा भएको छ भने 'गोफन्डमि' नामक च्यारिटी वेबसाइटमा कलाप्रेमीहरुबाट यो समाचार तयार पार्दासम्म $३,७०४ (करीब ३ लाख ७० हजार ) जम्मा भईसकेको छ ।
 
 
सञ्चारमाध्यममा बिरामी कलाकार दीपक क्षेत्रीको अन्तरवार्ता प्रकाशन-प्रशारण भएपछि संसारभरका नेपालीहरुबाट सहयोग आईरहेका छन् ।
 
क्षेत्रीको उपचार शुरु भईसकेको छ । बरिष्ठ नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा. बिके सिन्हाले क्षेत्रीको चेकजाँच गरी औषधी दिई सात दिनको लागि आराम गराएका छन् । बाँकी उपचार आराम अवधी सकिएपछि हुनेछ ।
 
झण्डै चार बर्षदेखी क्षेत्रीको घाँटीमा समस्या आएको थियो । घाँटीमा मासु पलाएकोले उनले राम्रोसँग बोल्न नसक्ने भएका छन् ।
 
क्षेत्रीसँगको अन्तरवार्ता यहाँ हेर्नुहोस्: