मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैशाख २२ मा भुवनको 'ब्ल्याक डायरी' खुल्ने !

फिल्मीखबर, काठमाडौं, 2017/04/16

क्याटभिजन प्रोडक्सन् प्रा.लि.को व्यानरमा निर्माण भएको फिल्म ब्ल्याक डायरी यहि बैशाख २२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । फिल्मले पछिल्लो समय बनेका भन्दा फरक खाले विषय बोकेको निर्माण टिमको दाबी छ ।

 


पछिल्लो पुस्तामा बढ्दो बाइकर्स युवाहरुको कथामा आधारित रहेर निर्माण गरिएको यस फिल्मलाई सस्पेन्स र थ्रिलर जनरामा राखिएको छ ।

सञ्चारकर्मी सविन शाक्यको प्रस्तुती रहेको फिल्ममा भुवन केसी, रमेश सिंह, पुजा भट्ट, वविता घिमिरे, पवन कार्की, अभय कुवँर, रोमा भण्डारी, अञ्जु महर्जन लगायतको अभिनय छ । सुजन घिमिरेले फिल्मलाई निर्देशन गरेका छन् ।