मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उत्कृष्ट 'वर्ड अफ माउथ' पाएको 'लभ लभ लभ' भारतिय फिल्म महोत्सवमा छनोट

फिल्मीखबर, काठमाडौं, 2017/04/16

शुक्रबाट रिलिज फिल्म 'लभ लभ लभ'ले राम्रो सुरुवात गरेको छ । देशभरका जम्मा २१ हलमा प्रदर्शनरत फिल्मलाई दर्शकले मन पराएका छन् । नयाँ बर्षको दिन शुक्रबार तथा शनिबार दुबै दिन फिल्मले दर्शकको साथ राम्रो पायो ।

 


मल्टिप्लेक्स तथा सिंगल स्कृन दुबैतिर दर्शकले साथ दिएका छन् । सामान्य प्रेमकथामा उत्कृष्ट प्रस्तुती दिन सफल निर्देशक दिपेन्द्र के खनाल अनि मन छुने अभिनय गरेका स्वस्तिमा खड्का र डेब्यू ब्वाई सुरज पाण्डे बधाईका पात्र बनेका छन् । शनिबार राजधानीका मल्टिप्लेक्स तथा सिंगल स्कृनमा पुग्दा सुरज र स्वस्तिमा सेल्फीमा घेरिएका थिए ।

शुक्रबार मल्टिप्लेक्समा उत्कृष्ट सुरुवात गरेको फिल्मले शनिबार सिंगल स्कृनमा पनि राम्रो विजनेस गर्यो । फिल्म प्रदर्शनमा रहेका राजधानीका अधिकांश हल हाउसफुल बने । निर्देशक दिपेन्द्र के खनालले दर्शक प्रतिक्रियाबाट खुशी व्यक्त गरे । 'हाम्रो फिल्म जम्मा २१ हलमा लागेको छ, त्यसैले पनि स्वभावैले विजनेसमा प्रतिस्पर्धी फिल्मसँग तुलना नहोला, तर जति दर्शकले हेर्नुभएको छ सबैको प्रतिक्रिया सुखद छ', यसलाई नै सफलता सम्झेका छौं' खनालले भने ।

 


त्यसो त फिल्मले उत्कृष्ट 'वर्ड अफ माउथ' पाउँदा यसको प्रभाव आईतबारदेखिको विजनेसमा देखिनेछ । सामाजिक सञ्जालमा फिल्म हेर्ने प्राय: दर्शकले भावुक प्रतिक्रिया व्यक्त गरेका छन् । यसअघि समिक्षक तथा मिडियाकर्मी र फिल्मकर्मी सबैले फिल्मको तारिफ गरिसकेका छन् ।

यसैबीच शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्म अष्ट्रेलियामा हुन गईरहेको एक भारतिय फिल्म फेष्टिभलमा छनोट भएको छ । सिड्नीमा मे महिनाको ७ देखि १३ तारिखसम्म  हुन लागेको 'भारतीय चलचित्र महोत्सव तथा अवार्डस् अफ अस्ट्रेलिया'मा 'लभ लभ लभ' र अपिल बिष्ट निर्देशित 'झुम्की' प्रदर्शनको लागी छनोट भएका हुन् ।

 


उल्लेखित दुई नेपाली फिल्मसँगै कलाकारद्वय सुनील थापा र वर्षा शिवाकोटीले महोत्सवमा सहभागिता जनाउने  छन् । फेण्ड्रस इण्डिया इन्टरटेन्टमेन्टले पहिलोपटक आयोजना गरेको महोत्सवमा भारतका चर्चित कलाकार धमेन्द्र, जीतेन्द्र, शक्ति कपुर, जिम्मी शेरगिल, इलायना डिक्रुज, एकता कपुर, राकेश रोशन, जावेद अख्तर, सोनु निगम लगायत सहभागी हुने बताईएको छ । कार्यक्रममा नेपाली चलचित्र तथा कलाकारहरुको संयोजन निर्देशक मनोज अधिकारीले गरेका छन् ।