Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फर्कियो निखिलको क्रेज, दुई दिनमै 'राधे'लाई करोड ग्रस

फिल्मीखबर, काठमाण्डौ, 2017/04/16

पछिल्ला रिलिज केहि फिल्मले आशातित विजनेस गर्न नसक्दैगर्दा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको क्रेज खस्किँदै गएको चर्चा सुरु भएको थियो । तर बैशाख १ रिलिज 'राधे'बाट निखिलले क्रेज जिवितै रहेको प्रमाणित गरेका छन् । 'राधे'ले बम्पर ओपनिङ गरेको छ ।

 


नयाँ बर्षमा रिलिज फिल्मको ओपनिङ दमदार रह्यो । ६० बढि हलमा एकसाथ प्रदर्शनमा आएको फिल्मले शुक्रबार दमददार ओपनिङ गरेको थियो । त्यसको निरन्तरता शनिबार पनि भयो । दुई दिन नै फिल्म लागेका अददिकांश हल दर्शकले भरिभराउ भए ।

राजधानीको गोपिकृष्ण, अष्टनारायण हलमा निखिल निर्माण टिमसँगै पुगेर दर्शकसँग सिधा साक्षात गरेका थिए भने साथ र सद्भाव अनि मायाको लागी धन्यबाद बोले । भोलीका दिनमा पनि यो प्रकारको मायालाई निरन्तरता दिन आग्रन गरे ।

फिल्मको ओपनिङबाट सन्तुष्ट देखिएका निर्माता सुशिल पोखरेलले फिल्मले दुई दिनमा नै १ करोड ग्रस गरेको दाबी गरेका छन् । फिल्मले पहिलो दिन झण्डै ८० लाख बढि र दोश्रो दिन ४२ लाखको विजनेस गरको निर्माण टिमले बताएको छ । शनिबार बिहान पानी पर्दा शो मा प्रभाव परेको थियो ।

जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा निखिलसँगै प्रियंका कार्की, प्रमोद अग्रहरी, अशिष्मा नकर्मी, शिशिर भण्डारी लिड अभिनयमा छन् । फिल्मले लगानी उठाउन अझै ५० लाखको विजनेस गर्नुपर्नेछ ।

Most Visited News (monthly)