पछिल्ला रिलिज केहि फिल्मले आशातित विजनेस गर्न नसक्दैगर्दा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको क्रेज खस्किँदै गएको चर्चा सुरु भएको थियो । तर बैशाख १ रिलिज 'राधे'बाट निखिलले क्रेज जिवितै रहेको प्रमाणित गरेका छन् । 'राधे'ले बम्पर ओपनिङ गरेको छ ।
नयाँ बर्षमा रिलिज फिल्मको ओपनिङ दमदार रह्यो । ६० बढि हलमा एकसाथ प्रदर्शनमा आएको फिल्मले शुक्रबार दमददार ओपनिङ गरेको थियो । त्यसको निरन्तरता शनिबार पनि भयो । दुई दिन नै फिल्म लागेका अददिकांश हल दर्शकले भरिभराउ भए ।
राजधानीको गोपिकृष्ण, अष्टनारायण हलमा निखिल निर्माण टिमसँगै पुगेर दर्शकसँग सिधा साक्षात गरेका थिए भने साथ र सद्भाव अनि मायाको लागी धन्यबाद बोले । भोलीका दिनमा पनि यो प्रकारको मायालाई निरन्तरता दिन आग्रन गरे ।
फिल्मको ओपनिङबाट सन्तुष्ट देखिएका निर्माता सुशिल पोखरेलले फिल्मले दुई दिनमा नै १ करोड ग्रस गरेको दाबी गरेका छन् । फिल्मले पहिलो दिन झण्डै ८० लाख बढि र दोश्रो दिन ४२ लाखको विजनेस गरको निर्माण टिमले बताएको छ । शनिबार बिहान पानी पर्दा शो मा प्रभाव परेको थियो ।
जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा निखिलसँगै प्रियंका कार्की, प्रमोद अग्रहरी, अशिष्मा नकर्मी, शिशिर भण्डारी लिड अभिनयमा छन् । फिल्मले लगानी उठाउन अझै ५० लाखको विजनेस गर्नुपर्नेछ ।