मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

नेपालगंजमा 'ग्याङ्गस्टर ब्लूज' ईण्डकल्याप

फिल्मीखबर, काठमाडौं, 2017/04/16

फिल्म 'ग्याङ्गस्टर ब्लूज'को ईण्डक्ल्याप भएको छ । नयाँ बर्ष २०७४ को पहिलो दिन बैशाख १ मा नेपालगंजमा फिल्मको ईण्डक्ल्याप भयो ।

सम्पुर्ण छायांकन नेपालगंजमा गरिएको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका छन् । सरोज न्यौपानेले फिल्मलाई निर्माण गरेका हुन् । निर्माता न्यौपानेले ६० बढि दिन खिच्दैगर्दा फिल्मको सम्पुर्ण छायांकन सकिएको र निर्माण टिम तथा कलाकारको टोली राजधानी फर्किँदै गरेको बताए ।

फिल्म आउँदो भदौ २ मा रिलिज घोषणा यसअघि नै गरिसकिएको छ । रिलिजको लागी धेरै समय बाँकी नहुँदा केहि दिनबाट नै फिल्मको पोष्ट प्रोडक्सनको काम सुरु हुनेछ । युवापुस्ताको कथा बोल्ने फिल्म निर्माण घोषणाको समयदेखि हाईपमा छ । पछिल्लो समय नेपाली दर्शकले खोज्ने स्वादलाई नजिकबाट बुझेको भन्दै राम्रो र स्तरिय फिल्म बनाउन कुनै कन्जुस्याईं नगरेको निर्माता न्यौपानेको दाबी छ ।

फिल्ममा आना शर्मा र आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरी र रोजिशा शाही ठकुरी लिड अभिनयमा छन् ।