मिति : २०८१ वैशाख ५, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 3.12/5.00)
Text size:-
+
-

यस्तो छ नयाँ बर्ष रिलिज तीन फिल्मको ओपनिङ विजनेस

फिल्मीखबर, काठमाडौं, 2017/04/14
नयाँ बर्ष २०७४ को तपाईं सम्पुर्णमा हार्दिक शुभकामना !!
 
नयाँ बर्ष २०७४ को छेकोमा प्रदर्शनमा आएका तीन नेपाली फिल्मको ओपनिङ कस्तो रह्यो धेरैको कौतुहलताको विषय हुनसक्छ । नयाँ बर्ष रिलिजको फाईदा कुन कुन फिल्मले उठाए त ?
 
 
 
सिंगल स्कृनका वादशाहको उपमा पाएका अभिनेता निखिल उप्रेतीको फिल्म 'राधे'ले बम्पर ओपनिङ गरेको छ । राजधानी सहित देशैभरका अधिकांश सिंगल स्कृनमा 'राधे' हाउसफुल छ । राजधानीको गोपिकृष्ण हलमा मात्रै यो फिल्मको तीन पर्दा हाउसफुलपछि अर्को पर्दाको समेत माग बढेको बताईएको छ । अष्टनारायण, गुणमा पनि दर्शकको चाप उस्तै छ ।
 
यस्तै आजबाटै प्रदर्शनमा आएका मल्टिप्लेक्स लक्षित दुई फिल्म 'लभ लभ लभ' र 'घामपानी' ले पनि आशातित ओपनिङ गरेका छन् । शुक्रबार दुबै फिल्मलाई अधिकांश दर्शकले मन पराएका छन् । तर राजधानीका मल्टिप्लेक्समा 'दयाहाङ राई र केकी अधिकारीको 'घामपानी' भन्दा दिपेन्द्र के खनाल निर्देशित 'लभ लभ लभ' विजनेस केहि माथी पाईएको छ । अनलाइन बुकिङमा पनि यो फिल्मप्रति दर्शकको चासो केहि माथी देखिएको छ ।
 
निर्देशक खनालले सिभिल मल, लाविङ मल, बिग सिनेमा, जय नेपालका अधिकांश दिवा शो हरु हाउसफुल भएको जानकारी दिए । प्रेस शो मा समिक्षकबाट पाएको प्रतिक्रिया अनि पहिलो शो का दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेसमा ठुलो प्रभाव पारेको छ । फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् ।
 
उता दिपेन्द्र लामा निर्देशित घामपानीको पनि वर्ड अफ माउथ राम्रो छ । स्टारकास्टले भरिपुर्ण फिल्म हेर्न विहानी भन्दा दिवा शो मा दर्शकको चाप बढेको पाईएको छ । दिवा शो मा सिभिल र लाविङ मल हाउसफुल छ । अग्रिम बुकिङमा पनि दर्शक देखिएका छन् । स्टारकास्ट नै हुँदा पनि सिंगल स्कृनमा भने फिल्मको विजनेस 'वाउ' भन्ने किसिमको देखिएको छैन् ।