मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

निखिलको 'पिंजडा व्याक अगेन' रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2017/04/09
एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको डेब्यू फिल्म हो 'पिंजडा' । सोहि फिल्मको नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म 'पिंजडा व्याक अगेन' को रिलिज कन्फर्म भएको छ । फिल्म अर्को बर्षको माघ ५ मा रिलिज हुनेछ । 
 
 
 
वितरणको जिम्मा लिएका गोपालकाजी कायस्थले रिलिज मिति माघ ५ तय भएको पुष्टि गरे । यसअघि फिल्म दशैंमा आउने चर्चा थियो । तयारी नपुग्ने तथा फिल्म फाईनल भएपछिको प्रचार प्रसारलाई ध्यानमा राख्दै फिल्मलाई माघ रिलिज कन्फर्म गरिएको कायस्थले बताए ।
 
फिल्ममा निखिल उप्रेतीसँगै सारा सिर्पाली लिड अभिनयमा छन् । मौनता श्रेष्ठको लेखन रहेको फिल्मका एक निर्माता श्रेष्ठ नै हुन् । 
 
हिमाल केसीले निर्देशन गरेको फिल्म ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण भएको हो ।