मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवादमा सौगातको 'लालपुर्जा', माधव वाग्ले निर्माताबाट निष्काशित

फिल्मीखबर, काठमाडौं, 2017/04/09
सौगात मल्ल स्टारर फिल्म 'लालपुर्जा' आर्थिक विवादमा फसेको छ । प्रिन्सेज मुभिज, नेगेटिभ वुद्ध र टेकेन खड्का प्रोडक्शन गरी तीन ब्यानरको 'ज्वाईण्ट भेञ्चर' 'लालपुर्जा'को विवाद चर्केपछि दुई ब्यानर मिलेर प्रिन्सेज मुभिजलाई टिमबाट आउट गरकेो घोषणा गरिएको हो । 
 
 
(निर्माता विक्रमसिंह थारु र टेकेन खड्काको बीचमा निर्देशक निगम श्रेष्ठ)
 
राजधानीमा आयोजित पत्रकाट भेटघाटमा नेगेटिभ बुद्धको तर्फबाट निर्माता विक्रमसिंह थारु अनि निर्देशक समेत रहेका निगम श्रेष्ठ वाग्लेमाथी खरो उत्रिए । त्यस्तै अर्का निर्माता टेकेन खड्काले स्वरमा स्वर मिलाएर वाग्लेले तीन निर्माताबीचको लगानी सम्झौता कार्यान्वयन नगरेको, कुल लागत ८० लाख मानिँदै गर्दा ६० प्रतिशत जिम्मा लिँदै गर्दा अहिलेसम्म त्यसको जम्मा २ प्रतिशत मात्र लगानी गरेको आरोप लगाए । 
 
वाग्लेले पटक पटक रकम दिने भनेर झूटो आश्वासन दिँदै आएको अनि बुझाएको चेक पनि नसाटिएको आरोप दुई पक्षले लगाएको छ । त्यसो त अहिले अमेरिका पुगेका वाग्लेले त्यो पहिले नै पैसा दिने बोलेको तर अन्तिममा खबर नगरी विदेश लागेको खड्काले बताए । लगानीमा समेत साझेदारी गरेका निर्देशक निगमले यसअघि 'छड्के' फिल्ममा पनि वाग्लेसँग काम गरेका थिए । उनले 'वाग्लेलाई बोल्ने तर बोली कार्यान्वयन नगर्ने व्याक्तिको संज्ञा दिएका छन् । 
 
केहि दिन पहिले अमेरिका पुगेका वाग्लेले यो विषयमा कुनै आधिकारिक धारणा बाहिर ल्याएका छैनन् । उल्लेखित टिमसँगको विवादले वाग्लेसहितको टिमको स्थापना गरिएको वितरण कम्पनि 'पपकर्न पिक्चर्स'को भविष्य पनि अन्यौलमा परेको छ । यो विवाद आफैमा 'पपकर्न' दुई चिरा पर्नु बराबर भएको तर्क वितर्क सिनेवृत्तमा सुरु भएको छ ।