मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लभ लभ लभ' प्रेम गर्नेहरु सबैको आफ्नै कथा : स्वस्तिमा

फिल्मीखबर, काठमाडौं, 2017/04/09
बैशाख १ मा रिलिज हुन लागेको फिल्म 'लभ लभ लभ'को चर्चा चुलिँदो छ । 'प्रि शो' मा हेर्नेहरुले पोखेको प्रतिक्रिया अनि ट्रेलर रिलिजपछि नै बनेको हाईप फिल्म चर्चाको पहिलो पाटो हो भने संभावनावान निर्देशक दिपेन्द्र के खनालको 'एक्शन कट' अर्को मुख्य पाटो छ । 
 
रिलिजको 'काउण्ट डाउन' अन्तिम समयमा आउँदैगर्दा निर्माता, निर्देशकदेखि कलाकारसम्म फिल्म प्रचारमा व्यस्त छन् । यो बीचमा शुक्रबार फिल्म युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्यो । कार्यक्रममा फिल्म निर्माण टिम अनि लिड कलाकार सुरज पाण्डे र स्वस्तिमा खड्का उपस्थित थिईन् । 
 
फिल्मको बारेमा अनि आफ्नो पात्रको बारेमा प्रष्ट्याउँदै स्वस्तिमा बोलिन्, 'लभ लभ लभ सामान्य लभ स्टोरीमा बनेको फिल्म हो, जहाँ प्रेम गर्नेहरु सबैले आफुलाई पाउनुहुन्छ ।' उनले फिल्ममा आफु र डेब्यू अभिनेता सुरजले निभाएको भुमिकामा प्रत्येक प्रेमी जोडीले एक अर्कोलाई पाउने दाबी गरिन् । 
 
पहिलो फिल्ममा नै सुरजले गरेको काम अनि मेहनतलाई खुलेर तारिफ गरेकी स्वस्तिमाले 'लभ लभ लभ'मा दुई जनाको क्यामेष्ट्री खुब जमेको समेत तर्क गरिन् । 'जुन किसिमको मेहनत सुटिङमा गरियो, त्यसको रिजल्ट दर्शकमाझ राम्रो आउन लागेको भन्दै स्वस्तिमाले राम्रो फिल्म बन्नको लागी राम्रो टिम चाहिने अनि त्यो सबै कुराको 'कम्विनेशन' 'लभ लभ लभ' टिममा मिलेको बोलेकी छिन् ।
 
अमृत पाण्डे प्रस्तुतकर्ता रहेको फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । फिल्म बैशाख १ बाट अलनेपाल रिलिज हुँदैछ ।