मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्षान्तमा आएनन् ठुला फिल्म, 'अपरिचित' सोलो रिलिज

फिल्मीखबर, काठमाडौं, 2017/04/07
यो हप्ता बर्ष २०७३ को लागी अन्तिम हो । बर्षभरी ८५ बढि फिल्म रिलिज हुँदा बर्षान्तमा भने ठुला फिल्म छैनन् । कारण हो, नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात अर्को साता हुन लागेको तीन ठुला फिल्मको भिडन्त । 
 
 
 
बैशाख १ मा 'लभ लभ लभ', 'राधे' र 'घामपानी' तीन फिल्म प्रतिस्पर्धाामा आउन लाग्दा यो हप्ता भने 'अपरिचित' नामको फिल्म सोलो रिलिज भएको छ । फिल्ममा सारिक केसी र प्रज्वल गिरी लिड अभिनयमा छन् । 
 
यसअघि चैत्र २५ मा 'पर्व' रिलिजको चर्चाकाबीच उक्त फिल्मको रिलिज सरेको थियो । 'अपरिचित'लाई रुपेश थिङले निर्देशन गरेका हुन् । तामाङ चलचित्रलाई पृष्ठभुमि बनाएर आएका रुपेश थिङले यहि फिल्मबाट मुलधारको फिल्म निर्देशन यात्रा सुरु गरेका हुन् ।
 
एक्शन लभ स्टोरी जनराको भनिएको फिल्म अपरिचितलाई सञ्चु थोकर लामाले खिचेका हुन् । फिल्ममा लगानी मिलन लामा र जविन्द्र सुब्बाले गरेका छन् ।